Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘दाल भात तरकारी’ ट्रेलर: अमेरिका जान हरिवंश र निरुताको दौडधुप

फिल्मीखबर, काठमाण्डौ, 2019/04/12
बैशाख २० मा आउने मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । 'भिजिट भिषामा' र 'दाल भात तरकारी' बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा फिल्मका कलाकारहरु विदेश मोहले ग्रसित देखिन्छन् । हरिवंश आचार्य र निरुता सिंहलाई केन्द्रमा राखेर ट्रेलर तयार पारिएको छ । 
 
 
पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ । अभिनेत्री प्रियंका कार्की भने एक सिनमा ठुम्का लगाउँदै देखिएकी छन् । फिल्मका सबै कलाकारलाई स्थान दिन खोज्दा ट्रेलर केही गन्जागोल लाग्छ । 
 
कुनै पनि हालतमा अमेरिका जाने अठोट बोकेको एक परिवारको कथामा फिल्म आधारित रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । 
 
यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)