रिलिजको अघिल्लो दिन ठूला ब्यानर र प्रतिक्षीत फिल्मको प्रायः प्रिमियर आयोजना गर्ने गरिन्छ । खासगरि फिल्मकर्मीले फिल्म हेरेपछि मिडियामा राम्रो बोलिदिउन र सामाजिक सञ्जालमा प्रशंसाका फुलबुट्टा भरिदिउन भन्ने उद्देश्यले फिल्ममेकर्सले महँगो खर्च गरेर भब्य प्रिमियरको आयोजना गर्ने गर्दछन् । तर, आजसम्म कुनै फिल्मले प्रिमियरको गजबले फाइदा उठाएको रेकर्ड भेट्न गाह्रै पर्छ ।
.jpg)
.jpg)
.jpg)
निर्माण टिमले प्रिमियरमा उपस्थितिका लागि विनम्रतापूर्वक आमन्त्रण गर्ने हुँदा फिल्मकर्मीले फिल्म हेरेपछि नराम्रो बोल्न सक्दैनन् । चाहे फिल्म बकवास नै किन नहोस् । मिडियासामु फिल्म उत्कृष्ट बनेको र एकपटक हेर्नैपर्ने बोलिदिनु उनीहरुलाई बाध्यता नै हुन्छ । यसैले त अचेल फिल्मकर्मीले प्रिमियरमा जति नै प्रशंसा गरे पनि दर्शकमा फिल्मप्रति रत्ति चासो बढ्दैन । किनकि, धेरैपटक दर्शकहरु ठगिएका छन् ।
शुक्रवारबाट देशभर प्रदर्शनमा आएको यस वर्षको अन्तिम फिल्म ‘ए मेरो हजुर ३’ को प्रिमियर पनि तारिफमय बन्यो । बिहीवार साँझ राजधानीको कुमारी हलमा भएको ग्राण्ड प्रिमियरमा पुगेका दर्जनौं फिल्मकर्मीले फिल्ममा कुनै खोट लगाएनन् । कतिले मेकिङको प्रशंसा गरे भने धेरैले डेब्यू गर्ल सुहाना थापालाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिए । उनको स्वभाविक अभिनयले फिल्मकर्मी र पत्रकारको मन जितेको थियो ।
फिल्म हेरेपछि प्रफुलित मुद्रामा निस्किएकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले संवाददाताहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफूले एकदम इन्जोय गरेको बताइन् । उनले फिल्म हिट हुने दाबी पनि गरिन् । सुहानाको तारिफ गर्दै उनले भनिन्, 'सधैं स्टार किड्सहरुलाई अभिनय गर्न आउँदैन भन्ने आरोपलाई सुहानाले गलत साबित गरेकी छन् । नेपाली फिल्म क्षेत्रले एकदमै ट्यालेन्टेड अभिनेत्री पाएको छ ।'
.jpg)

.jpg)
.jpg)
.jpg)
अभिनेता, लेखक तथा निर्माता दीपकराज गिरीले भने फिल्मको खासै प्रशंसा गर्न चाहेनन् । उनले लभस्टोरी फिल्म मनपराउने दर्शकका लागि राम्रो हुनसक्ने बताए । उनी भन्छन्, 'प्रयास राम्रो गरिएको छ । मेकिङ पक्ष राम्रो छ । सुहाना र अनमोलको काम राम्रो छ । झरनाजीको मिहिनेत देखिएको छ ।' निर्देशक दीपाश्री निरौला भने सुहानाको तारिफ गरेर थाकिनन् । उनले भनिन्, 'फिल्म असाध्धै राम्रो छ । पूरै फिल्म सुहानाले बोकेकी छन् ।'
हास्यजोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे, अभिनेता रमेश उप्रेती, निर्माता माधव वाग्ले, निर्देशक रेनशा वान्तवा राई, अभिनेत्री सरिता लामिछाने, अभिनेत्री नीता ढुंगाना, अभिनेता सरोज खनाल, निर्देशक दिवाकर भट्टराईलगायतले फिल्म राम्रो बनेको बताउँदै सुहानाको अभिनयकै तारिफ गरे । निर्माता वाग्लेले त खुल्लम खुल्ला अभिनेत्री साम्राज्ञी आरएल शाहलाई उनी 'थ्रेट' हुनसक्ने विश्लेषण नै गर्न भ्याए ।
फिल्मकर्मीको प्रतिक्रिया सुनेर निर्देशक झरना थापा, डेब्यू गर्ल सुहाना थापा, अभिनेताद्वय अनमोल केसी र सलोन बस्नेत दंग देखिएका थिए । आफूले अहिले नै राम्रो काम गरेको छु भन्ने महशुस गरे भोलीका दिनमा राम्रो काम दिन नसक्ने सुहाना बताउँछिन् । आफ्नो कामको फिल्मकर्मीले गरेको तारिफलाई लिएर उनी भन्छिन्, 'मैले त आफ्नो कर्म गरेको हुँ । राम्रो भनिदिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । भोलीका दिनमा झन् राम्रो गर्न हौसला मिलेको छ ।'
फिल्मकर्मीले फिल्मको प्रशंसा गरेकोमा खुसी देखिएका अभिनेता अनमोलले आफूले हरेक फिल्ममा अभिनयमा मिहिनेत गरिरहेको बताए । फिल्ममा प्रेम र धनश्याम महर्जन गरि दुई भूमिकामा रहेका उनले आफ्नो फेभरेट क्यारेक्टरबारे बताउँदै भने- 'मेरो फेभरेट त धनश्याम नै हो । मलाई जहाँसम्म लाग्छ दर्शकलाई धनश्यामले नै हसाउँछ र अन्त्यमा गएर रुवाउँछ पनि । धनश्याम मेरो लागि नयाँ किसिमको क्यारेक्टर हो ।'


.jpg)
.jpg)
.jpg)
सलोनले भने आफूले सोचेकोभन्दा फिल्म राम्रो बनेको बताए । सुहानाले आफूले सोचेभन्दा धेरै राम्रो काम पाएको उनको भनाईको छ । निर्देशक झरनाले फिल्मकर्मीबाट पाएको प्रतिक्रियाले उत्साह थपेको बताइन् । उनले भनिन्, 'फिल्म हेर्नुभएको सबै फिल्मकर्मीले सुहाना र पूरा टिमको कामको प्रशंसा गर्नुभएको छ । हामी खुसी छौं ।' निर्माता सुनिल कुमार थापा पनि फिल्मकर्मीबाट पाएको प्रतिक्रियाले खुसी देखिए ।

