Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म औसत ट्यालेन्ट भएको अभिनेता हुँ : सलमान

एजेन्सी, मुम्बई, 2019/04/12
 
बलिउड फिल्मका सुपरस्टार सलमान खानको फिल्ममा जबरदस्त एक्सन हुने गर्दछ । उनको फिल्ममा रोमान्स पनि हुन्छ तर, किसिङ सिन हुँदैन । खासमा, सलमानले फिल्ममा किसिङ सिन दिँदैनन् । हालैै एक अन्तर्वार्तामा उनले आफू किसिङ र न्यूडिटीका लागि नबनेको बताएका छन् । 
 
डीएनएलाई दिएको एक अन्तर्वार्तामा उनले भने- 'अहिले पनि जब किसिङ सिन आउँछ, तब हामी सबैलाई अनौठो महशुस हुन्छ । तपाईं जसरी चाहनुहुन्छ यसलाई त्यसरी नै देखाउन सक्नुहुन्छ । तर, म सधैं आफ्नो ध्यान क्लीन फिल्मतिर राख्नेछु । म सबै साथमा बसेर हेर्न मिल्ने फिल्म गर्नेछु ।' 
 
किसिङ र न्यूडिटीका लागि आफू विल्कुलै नबनेको बताउँदै उनले भने- 'म चाहन्छु कि, हाम्रो ब्यानरमा यस्तो फिल्म बनोस्, जसमा एक्सन, रोमान्स होस् र सबै साथमा बसेर हेर्न सकुन । म यो चिज बनाएर राख्न चाहन्छु । यदी कुनै फिल्म 'ए' रेटेड भए पनि त्यो एक्सनको कारण हुनेछ ।' 
 
उनले आफूले आफूलाई औसत अभिनेता भनेका छन् । उनी भन्छन्, 'शाहरुख खान र आमिर खान लेजेन्ड हुन् । दुईको एक/दुई फिल्म नराम्रो हुनसक्छ तर, उनीहरु सधैं सानदार कमब्याक गर्दछन् । तर, म औसत ट्यालेन्ट भएको कलाकार हुँ । म लकको कारण सर्भाइव गरिरहेको छु ।' 
Most Visited News (monthly)