Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लगनगाँठो कस्दै ‘इन्टु मिन्टु...’ निर्देशक र निर्माता

फिल्मीखबर, काठमाण्डौ, 2019/04/12
 
‘मेरो एउटा साथी छ’ फिल्मका निर्माता प्रभु सम्सेर राणाका छोरा तथा ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मका निर्माता प्रज्वल सम्सेर राणासँग यही फिल्मकी निर्देशक रेनशा वान्तवा राईले लगगाँठो कस्ने भएकी छन् । उनीहरु लामो समयदेखि प्रेममा थिए । करीब एक दशक कोरियोग्राफीको अनुभव संगालेकी रेनशा ‘इन्टु मिन्टु...’ बाट फिल्म निर्देशनमा होमिएकी हुन् । 
 
उनी करीब ७/८ वर्षदेखि प्रज्वलको प्रेममा थिइन् । प्रज्वलका पिता प्रभुले बनाएको दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ बाट उनले कोरियोग्राफी यात्रा थालनी गरेकी थिइन् । प्रज्वल र रेनशाले आउँदो बैशाख २४ गते अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै बाँच्ने र सँगै मर्ने कसम खाँदैछन् । केही दिनयता दुबै विवाहको तयारीमा जुटेका छन् । 
 
रेनशाले पछिल्लो पटक कोरियोग्राफी गरेको फिल्म 'क्याप्टेन' को 'कर्ली कर्ली कपाल' बोलको गीत निकै चर्चित भएको थियो । अब बैबाहिक जीवनमा बाँधिएपछि उनी नयाँ फिल्म निर्देशन गर्दैछिन् । प्रज्वलले निर्माण गर्न लागेको फिल्म ‘आई एम ट्वान्टिवान’ उनले निर्देशन गर्ने पक्का भइसकेको छ । यसमा ‘इन्टु मिन्टु...’ बाट सानदार डेब्यू गरेका अभिनेता धिरज मगर लिड रोलमा रहनेछन् । 
 
योसँगै प्रज्वलले दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल निर्माण गर्दैछन् । फिल्मलाई दिनेश राउतले निर्देशन गर्नेछन् । हाल उनी फिल्मको स्क्रिप्टमा तन-मन लगाएर बसेका छन् । सम्भवतः आउँदो वर्ष प्रज्वल निर्मित दुई फिल्म प्रदर्शनमा आउनेछन् । दुबै फिल्म 'आइकोर फिल्मस्' को ब्यानरमा निर्माण हुनेछ । ‘आई एम...’ पनि अहिले स्क्रिप्टमा काम भइरहेको छ । 
Most Visited News (monthly)