Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ गीतमा अनमोल बने रकस्टार (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/11
रिलिजको पूर्वसन्ध्यामा यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक भएको छ । प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द रचना छ । प्रतिक र पुष्पन प्रधानले गीतमा संगीत भरेका छन् । गीतको भिडियोमा गायक प्रेमको भूमिकामा रहेका अभिनेता अनमोल केसीलाई रकस्टारको रुपमा देख्न सकिन्छ । 
 
 
अनमोलको कन्सर्टमा डेब्यू गर्ल सुहाना थापा झुमिरहेकी छन् । फिल्ममा अनमोल स्टार गायक र सुहाना उनको फ्यानको भूमिकामा छिन् । फिल्मले एक स्टार गायक र डाइहार्ट फ्यानको प्रेमकथा वाचन गरेको छ । सार्वजनिक गीतलाई सुदीप बरालले खिचेका हुन् । गीतमा देखिएको हजारौं क्राउड 'अनमोल इभ' कन्सर्टमा खिचिएको हो । 
 
यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काको सम्पादन छ । फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् । 
 
फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झा, विशाल पण्डितलगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा कल्याण सिंह, पुष्पन प्रधान, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत छ । हिट सिरिजको तेस्रो फिल्म भएका कारण यसको इनिसियल बक्स अफिस आक्रामक हुने धेरैको अनुमान छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)