Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘सानो मन’ को गीत खिच्न ३० लाख (टिजर)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/11
दर्शकमा कौतुहलता जगाउनका लागि केही महत्त्वपूर्ण दृश्य राखेर फिल्मको टिजर वा ट्रेलर सार्वजनिक गर्ने गरिन्छ । तर, फिल्ममा समावेश गीतको टिजर सार्वजनिक गर्ने चलन भने छैन । सम्भवतः पहिलो पटक हाल धमाधम छायांकन भइरहेको फिल्म ‘सानो मन’ मा समावेश 'रानु कम्मर' बोलको पार्टी गीतको टिजर युट्युबमा सार्वजनिक भएको छ । गीतमा फिल्मका लिड अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के फिचर्ड छन् । 
 
 
गीतको भिडियोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । उनी बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर समेत हुन् । गीतमा रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वर छ । गीतको टिजरलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको निर्देशक सुयोग गुरुङ्गले बताएका छन् । उनी भन्छन्, 'गीतप्रति कौतुहलता जगाउनका लागि टिजर सार्वजनिक गरेका थियौं । टिजरले धेरै दर्शकमा अहिले गीतको प्रतिक्षा भइरहेको छ ।' 
 
उनले करीब ३० लाखको लागतमा गीत तयार भएको बताए । नयाँ वर्षको छेकोमा गीत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । महँगो लागतमा गीत खिच्नुको कारणबारे बताउँदै निर्देशक गुरुङ्गले भने- 'इमान्दारपूर्वक भन्नुपर्दा हाम्रो ठूलो लगानीमा गीत खिच्ने सोच थिएन । तर, बलिउडबाट कोरियोग्राफर ल्याएपछि हामीले कुनै कुरामा कमी हुन दिएनौं । लगानीअनुसार 'आउटपुट' पनि निस्किएको छ । गीतको भिडियोमा क्वालिटी देख्न पाइनेछ ।' 
 
म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने यसको छायांकन अहिले अन्तिम चरणमा छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहेको यो फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् । यसमा आलोक शुक्लाले छायांकन छ । 
 
गीतको टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)