Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

ऐश्वर्यालाई हलिउड फिल्म अफर

एजेन्सी, मुम्बई, 2019/04/11
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई एक हलिउड फिल्मबाट अफर आएको छ । उनले यो फिल्मबाट हलिउडमा कमब्याक गर्ने सम्भावना रहेको बताइएको छ । उनले हलिउड प्रोजेक्ट ह्यान्डल गर्नका लागि एक टिम हायर गरेकी छन् । प्रियंका चोपडा र दीपिका पादुकोणभन्दा अगाडि नै उनी हलिउडमा एक परिचित अनुहार थिइन् । उनले अहिलेसम्म पाँचवटा फिल्म गरिसकेकी छन् ।
 
 
उनले हलिउडको 'ब्राइड एण्ड प्रिजुडिस', 'द मिस्ट्रेस अफ स्पाईसेज', 'प्रोवोक्ड', 'द लास्ट लीजन' र 'द पिंक प्यान्थर २' मा प्रशंसनिय काम गरेकी थिइन् । बलिउडदेखि हलिउडसम्म ऐश्वर्या राय बच्चन आज एक अन्तर्राष्ट्रिय अनुहार बनिसकेकी छन् । उनी पछिल्लो पटक बलिउड फिल्म 'फन्ने खान' मा राजकुमार राव र अनिल कपूरसँग देखिएकी थिइन् । तर, यो फिल्मले बक्स अफिसमा कमाल गर्न सकेन । 
 
उनले चाँडै पति अभिषेक बच्चनसँग फिल्म 'गुलाब जामुन' मा काम गर्ने चर्चा छ । तर, यसलाई लिएर नयाँ जानकारी प्राप्त भएको छैन । यसका अलावा उनले ससुरा अमिताभ बच्चनसँग पनि मणि रत्नमको नयाँ फिल्म गर्ने खबर बाहिरिएको थियो । यसको पनि औैपचारिक घोषणा भएको छैन । अहिले उनले कुनै फिल्म गरेकी छैनन् । निकै आशा गरेको फिल्म 'फन्ने खान' असफल भएपछि उनी केही हच्किएकी छन् । 
 
पिंकविलाको रिपोर्ट अनुसार, ऐश्वर्या हलिउड प्रोजेक्टलाई लिएर इन्टरेस्टेड छिन् र योसँग जोडिएको पेपर वर्क अहिले प्रक्रियामा छ । सबै कुरा ठिक रह्यो भने यस वर्षको अन्तिमसम्ममा फिल्मको आधिकारिक घोषणा हुन सक्नेछ । हालै ऐश्वर्याले बलिउड फिल्म डिल गर्न मद्दतका लागि एक टिम नियुक्त गरेकी छन् । उनी फिल्ममा आफ्नो भूमिकालाई लिएर पोजेटिभ रहेको बताइएको छ । 
Most Visited News (monthly)