Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘क्रिकेट रङ्गशाला’ निर्माणलाई ‘यात्रा’ को सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2019/04/10
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा’ टिमले 'धुर्मुस सुन्तली फाउण्डेसन' द्वारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ का लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । फिल्मका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता शुशील पोखरेलले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई ५० हजारको चेक प्रदान गरे । 
 
सहयोग बुझेपछि सितारामले फिल्मको सफलताको शुभकामना दिए । ‘थोपा-थोपा मिलेर समुन्द्र बनाउने कोशिशमा छौं, त्यसैले यो सहयोग हाम्रो लागि अमुल्य छ’, धुर्मुस भन्छन् । उनले फिल्म 'यात्रा' मा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । 'धुर्मुस सुन्तली' को अभियानमा साथ दिन पाउँदा निकै खुसी लागेको प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए । 
 
 
यस्तै, अर्का निर्माता शुशीलले अभियानकै सहयोगार्थ हुन लागेको मातृभूमि कपमा आफ्नो टिम क्रिकेट खेल्न जाने समेत बताए । केही दिनदेखि फिल्मका अभिनेता सलिनमान बनिया क्रिकेट प्रशिक्षणमा सभागी भइरहेका छन् । फिल्ममा उनी भ्लगरको भूमिकामा छन् । फिल्ममा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्यलगायतको अभिनय छ । 
यही फिल्मबाट मलिका महतले डेब्यू गरेकी छन् । फिल्ममा निर्देशक सम्राटकै कथा छ । यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । 
Most Visited News (monthly)