Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेको प्रश्नमा किन भागिन् ऋचा ?

फिल्मीखबर, काठमाण्डौ, 2019/04/10
जीवन्त अभिनयबाट दर्शकको मनमा बस्न सफल अभिनेत्री ऋचा शर्मा पछिल्लो समय फिल्म निर्माणतर्फ पनि सक्रिय छिन् । 'आधा लभ' र 'सुनकेसरी' उनले निर्माण गरेका फिल्म हुन् । सन् २०१० मा आएको फिल्म 'फस्ट लभ' बाट फिल्म अभिनयमा होमिएकी उनी उम्दा अभिनय गर्ने अभिनेत्रीको रुपमा चिनिन्छन् । जुनसुकै भूमिकालाई पर्दामा न्यायपूर्वक निभाउन उनी खप्पिस छिन् । यसैले त उनलाई भर्सटायल अभिनेत्री भन्ने गरिन्छ । 
 
उमेरले ३१ वर्ष भइसकेकी उनले आफ्नो ९ वर्ष लामो फिल्म करिअरमा दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सम्झनलायक धेरै फिल्म गरेको भएता पनि बक्सअफिसमा सफल ठहरिएका फिल्म भेट्न भने मुश्किल पर्छ । उनी सधैं आफ्नो अभिनयका कारण चर्चामा रहिन् । बेलाबखतमा उनको अभिव्यक्तिले पनि सिनेवृतमा तरंग ल्याउने गरेको छ । पछिल्लो समय भने उनी अभिनयमा पनि निस्कृयजस्तै देखिएकी छन् । 
 
 
अहिले उनी अफेयरको खबरले मिडियाको लाइमलाइटमा छिन् । केही महिनायता उनी दिपेक्ष्य राणाको प्रेममा रहेको चर्चा छ । दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । उनी अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएका हुन् । दुईबीच आउँदो वर्षको दशैं भित्रमा विवाह हुने स्रोतको दाबी छ । ऋचा र दिपेक्ष्य गएको अंग्रेजी नयाँ वर्षमा पोखरा समेत घुम्न गएका थिए । दुईको एकअर्काको परिवारसँग पनि राम्रो चिनचान भइसकेको जानकारी प्राप्त छ । 
 
तर, प्रेम र विवाहको बारेमा अभिनेत्री ऋचाले भने अहिलेसम्म मुख खोलेकी छैनन् । सोमवार अभिनेता प्रदीप खड्का स्टारर फिल्म 'लभ स्टेसन' हेर्न बिग मुभिज पुगेकी उनलाई पत्रकारले चाँडै विवाह हुन लागेको चर्चाबारे प्रश्न गरे । उनले कुनै जवाफ दिइनन् । दुबै हात हल्लाएर 'बाई' भन्दै मिठो हाँसोका साथ उनी मिडियाको क्यामेराबाट ओझेल भइन् । विना जवाफ तर्किनुले ऋचा प्रेममा रहेको र चाँडै विवाह गर्ने तयारी भएको कुरालाई थप मसला मिलेको छ । 
 
ऋचाले यसअघि कैयन् पटक परिवारबाट आफूलाई विवाहका लागि प्रेसर आइरहेको  र आफूले पनि विवाहका लागि मनस्थिति बनाएको बताएकी थिइन् । उनी केही वर्ष अगाडि अभिनेता तथा निर्माता विनय श्रेष्ठसँग प्रेममा थिइन् । दुईले एकसाथ फिल्म 'भिषा गर्ल' मा काम गरेका थिए । यो फिल्म हलबाट उत्रिएसँगै उनीहरुको प्रेम पनि टुंगियो । केही वर्षयता अभिनेता तथा निर्देशक अर्पण थापासँग पनि ऋचाको नाम जोडिँदै आएको छ । तर, यसको उनले खण्डन गर्दै आइरहेकी छन् । 
Most Visited News (monthly)