Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाह्र फिल्मलाई ‘ब्लकबस्टर अवार्ड’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/10
 
यही चैत २८ गते बक्स अफिस फिल्म क्लब नेपालले आयोजना गर्न लागेको ‘नयाँ बर्षलाई स्वागत तथा पुरानो बर्षलाई विदाई’ कार्यक्रममा फिल्म, फिल्मकर्मी र पत्रकारलाई एकसाथ सम्मान गरिने भएको छ । यस वर्ष प्रदर्शनमा आएका फिल्ममध्ये एक दर्जन फिल्मलाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । 
 
बक्स अफिस फिल्म क्लब नेपालका आर.के सुवेदीले 'लिलिबिली', 'छक्का पञ्जा ३', 'जय भोले', 'बबी', 'नाइँ नभन्नू ल ५', 'कायरा', 'इन्टु मिन्टु लण्डनमा', 'भैरे', 'रामकहानी', 'चंगा चेट', 'प्रसाद', 'क्याप्टेन' गरि बाह्र फिल्मका निर्मातालाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गरिन लागेको जानकारी दिए । 
 
यस कार्यक्रममा माथि उल्लेखित फिल्मका निर्माताहरु गोविन्द शाही, दीपकराज गिरी, अशोक शर्मा, मिलन चाम्स, विकास आचार्य, आर्यन सिग्देल, प्रज्वल शमशेर जबरा, सूर्य बोहरा, सुदर्शन थापा र पुजा शर्मा, माधव वाग्ले, सुवास थापा, भुवन केसीलाई ‘ब्लकबस्टर फिल्म अवार्ड २०७५’ बाट सम्मान गरिनेछ । 
 
लामो समयदेखि फिल्म पत्रकारितामा सक्रिय तीन पत्रकारलाई ‘अग्रज पत्रकारिता पुरस्कार २०७५’ बाट पनि सम्मान गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष सुवेदीले बताए । राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्री, नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र सगरमाथा तथा इण्डिजिनियस टेलिभिजनमा आबद्ध महिला पत्रकार सवी कार्कीलाई पत्रकारिता पुरस्कार प्रदान गरिँदैछ । 
Most Visited News (monthly)