Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

जसिताको विवाहमा हाँस्न सकेनन् प्रदीप (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/09
 
हलमा प्रदर्शनमा आएको पाँचौ दिनमा फिल्म ‘लभ स्टेसन’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । फिल्मको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत लुकाएर राखेको थियो । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको छ । डेभिड शंकरको स्वर रहेको गीतमा उनकै संगीत सुन्न सकिन्छ । दीपक शर्मा र उषा शेरचनको शब्द रचना छ । 
 
गीतको भिडियोमा फिल्ममा नेगेटिभ रोलमा रहेको प्रकाश शाहसँग अभिनेत्री जसिता गुरुङलाई लगनगाँठो कस्दै देख्न सकिन्छ । दुईको विवाहमा अभिनेता प्रदीप खड्का गीतमार्फत् मनको बेदना पोख्दै देखिएका छन् । यो फिल्ममा उनी गायकको भूमिकामा छन् । युट्युबमा सार्वजनिक भएसँगै यस गीतलाई निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ । 
 
उज्ज्वल घिमिरे फिल्मका निर्देशक हुन् । यो सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म हो । प्रदीप, जसिता र प्रकाशका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । आलोक शुक्लाको यसमा छायांकन छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)