Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नूस्, ‘कालो वर्ष’ को टिजर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/09
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले एउटा परिवारलाई पुर्‍याएको क्षतिमा आधारित भएर निर्माण भएको फिल्म ‘कालो वर्ष’ को टिजर सार्वजनिक भएको छ । बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई ‘तँ म र ऊ’ फेम्ड निर्देशक लक्षु गौतमले निर्देशन गरेकी हुन् । 
 
 
टिजर सार्वजनिक कार्यक्रममा निर्देशक गौतमले भनिन्, 'फिल्ममा भूकम्प जाँदा के-कस्ता घटना भए त्यो देखाएका छैनौं । भूकम्पपछि थुप्रै युवाहरु विदेश पलायन भए । कति घरबार विहीन भए । बलात्कारका घटनाहरुहरु बढे । चेलीबेटी बेचबिखनका घटनाहरु पनि निकै बढ्यो । यही सेरोफेरोमा ‘कालो वर्ष’ तयार पारेका छौं ।' 
 
फिल्ममा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । फिल्मलाई रामेश्वर हुमागाइँले खिचेका हुन् । पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको यस फिल्म योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानीमा निर्माण भएको हो । 
 
 
फिल्मलाई रिच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्दैछन् । सुवास देवकोटाले फिल्मको सम्पादन गरेका हुन् । यसको कथा, पटकथा तथा संवाद ओकेश पनेरी हो । नव-अभिनेत्री अनुपाले डेब्यू फिल्मबाट आफूले ठूलो आशा गरेको बताइन् । नव-अभिनेता ओकेशले फिल्म राम्रो बनेको र दर्शकलाई मनपर्ने बताए । 
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)