Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

स्वस्तिमादेखि ऋचासम्मलाई मनपर्‍यो ‘लभ स्टेसन’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/09
शुक्रवारबाट देशभरका सय बढी स्क्रिनमा लागेको चकलेटी ब्वाई प्रदीप खड्का र क्यूट अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ ले घरेलु बक्सअफिसमा सुखद कलेक्सन गरिरहेको छ । ओपनिङ धिम्म रहे पनि फिल्मले हलमा दर्शक संख्या बढाउँदै लगेको छ । निर्माता गोविन्द शाहीले फिल्मको कलेक्सन ग्राफ हरेक दिन उकालो लाग्दै गएको बताएका छन् । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । 
 
 
सोमवार साँझ फिल्म हेर्न राजधानीको बिग मुभिजमा अभिनेत्रीहरुको भीड देखिएको थियो । अभिनेत्री त्रय स्वस्तिमा खड्का, केकी अधिकारी, ऋचा शर्मासँगै निर्देशक विशाल भण्डारी, अभिनेता गजित विष्टलगायत फिल्म हेर्न हल पुगेका थिए । 'प्रेमगीत २' मा समावेश चर्चित गीत 'मोटरसाइकलमा' गीतमा अभिनेता प्रदीपसँग स्क्रिन साझेदारी गरेकी अभिनेत्री स्वस्तिमाले फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन् । 
 
'फिल्म रमाइलो लाग्यो । प्रदीप र जसिता दुबैलाई क्यूट देखिएको छ', फिल्मको राम्रो पार्ट बताउँदै उनले भनिन्, 'दुईको केमेस्ट्री राम्रो थियो । कतिपय ठाउँमा सोच्दै नसोचेको सस्पेन्स पार्ट पनि राम्रो लाग्यो ।' उनले फिल्म हेरिरहँदा इमोसनल भएको पनि बताइन् । उनले 'प्रेमगीत ३' अफर भएको हल्लाबारे पनि स्पष्टिकरण दिइन् । उनले भनिन्, 'अहिलेसम्म अफर आएको छैन । अफर आयो र स्क्रिप्ट मनपर्‍यो भने गर्नेछु ।'
 
अभिनेत्री केकीले पनि फिल्मको तारिफ गर्न कञ्जुस गरिनन् । 'फिल्म एकदमै राम्रो लाग्यो', छेवैमा रहेका प्रदीप र जसितातर्फ हेर्दै उनले भनिन्, 'यति राम्रो-राम्रो अनुहार देख्न पाउनु मेरो लागि त 'आइ प्लिजिङ' । म एकदमै इमोसनल पनि भएको थिएँ ।' उनले फिल्मको कन्टेन्ट र कलाकारको अभिनयले आफूलाई आकर्षित गरेको बताइन् । उनले अगाडिको केही भाग छुटेका कारण फेरि हेर्ने वाचा गरिन् । 
 
भर्सटायल अभिनेत्री ऋचाले भने जसिताको अभिनय र सुन्दरताको तारिफ गरिन् । उनलाई आफूले साक्षात परी देखेको ऋचाले बताइन् । 'जसिता नेपाली फिल्मकी सबैभन्दा क्यूट अभिनेत्री हुन् । उनको फिल्ममा काम पनि उतिक्कै राम्रो छ । प्रदीपको पनि मनपर्‍यो । फिल्म हेरुन्जेल रमाइलो छ', उनले भनिन् । निर्देशक भण्डारी र अभिनेता गजितले प्रदीप र जसिताको केमेस्ट्री र फिल्मको छायांकन पक्षको मुक्तकण्ठले प्रशंसा गरे । 
 
 
सेलिब्रेटीहरुको प्रतिक्रिया सुनेपछि दंग देखिएका प्रदीपले देशभर फिल्मले राम्रो व्यापार गरिरहेको र हलसम्म आएर फिल्म हेरिदिन दर्शकलाई अपिल गरे । उनले दर्शकलाई फिल्म युट्युबमा नकुर्न पनि आग्रह गर्छन् । उनले भने- 'हामीलाई तपाईंहरुको साथ युट्युबमा होइन हलमा चाहिन्छ । तपाईंहरुको साथ-सहयोगले हामीलाई भोलीका दिनमा झन् राम्रो काम गर्न हौसला मिल्छ ।' यो फिल्मलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)