
'रियल जोडी' प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ‘प्रेम दिवस’ को नयाँ प्रदर्शन मितिसहित दोस्रो गीत सार्वजनिक भएको छ । जेठ ३ बाट पोस्टपोन्ड भएको यो फिल्म अब जेठ ३१ गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । फिल्मको सार्वजनिक 'बरु अर्को जुनी' बोलको गीतमा मलिना राई र निशान भट्टराईको स्वर छ ।
शान्ति प्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा प्रियंका र आयुष्मानसँगै नव-नायक विशाल खरेल फिचर्ड छन् । भिडियोमा प्रियंका दोहोरो प्रेममा देखिएकी छन् । यसमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्म ‘प्रेम दिवस’ लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । फिल्म एक युवतीसँग दुई युवकको प्रेममा आधारित छ ।
फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । निर्देशक घिमिरे फिल्मलाई म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।
मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । ‘तिम्रो छेउ सरुँकी म’ गीतका कारण चर्चामा रहेको यो फिल्ममार्फत् पहिलो पटक प्रियंका र आयुष्मान सिल्भर स्क्रिनमा देखिन लागेका हुन् । उनीहरु वास्तविक जीवनमा पनि प्रेममा छन् ।
गीत हेर्नुहोस् :-

