Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रणवीरसँग रोमान्स गर्दै मिस वर्ल्ड मानुषी ?

एजेन्सी, मुम्बई, 2019/04/08
 
बी-टाउनमा अहिले पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको फिल्ममा इन्ट्रीलाई लिएर निकै चर्चा भइरहेको छ । उनले चाँडै यशराज फिल्म्सको नयाँ फिल्ममा अभिनेता रणवीर सिंहसँग रोमान्स गर्न लागेको खबर छ । रणवीर सिंह भने अहिले कबीर खानको निर्देशनमा आफ्नो नयाँ फिल्म '८३' मा व्यस्त छन् । यो क्रिकेटर कपिल देवको बायोपिक हो । 
 
'पद्मावत', 'सिम्बा' र 'गली ब्वाई' जस्ता एकसेएक सुपरहिट फिल्म दिएका रणवीर अहिले सफलताको शिखरमा छन् । उनको नयाँ फिल्मको लिस्टमा '८३' र 'तख्त' छ । दुई ठूला बजेटका महत्वाकांक्षी फिल्म हुन् । खबरअनुसार, उनी फेरि एकपटक आफ्नो डेब्यू प्रोडक्सन हाउससँग दोस्रो पटक काम गर्ने तयारीमा छन् । 
 
फिल्मलाई निर्देशक मनीष शर्माले निर्देशन गर्नेछन् । यसअघि रणवीरलाई लिएर उनले 'ब्याण्ड बाजा बारात' पनि बनाएका थिए । मानुषी र रणवीरले भने यसअघि एक विज्ञापनमा साथमा काम गरेका थिए । दुईको केमेस्ट्रीलाई निकै रुचाइएको थियोे । अब यी दुईलाई दर्शकले सिल्भर स्क्रिनमा हेर्ने इच्छा व्यक्त गरेका छन् । 
 
सबै ठिक चले मानुषी छिल्लर एक अर्की मिस वर्ल्ड हुनेछिन्, जो फिल्ममा काम गर्नेछिन् । तर, बलिउड हंगामाको एक रिपोर्टका अनुसार, मानुषीले रणवीरभन्दा अगाडि फराह खानको फिल्मबाट डेब्यु गर्ने बताइएको छ । उनले यो फिल्म गर्ने फाइनल भइसकेको भारतीय मिडियाको दाबी छ । फराहको यो फिल्मलाई रोहित सेट्टीले निर्माण गर्नेछन् । 
Most Visited News (monthly)