Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमाल लेख्छन्, ‘अब फिल्म खेल्नुपर्ला’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/08
एक समय नेपाली फिल्ममा आफ्नो वर्चश्व जमाएका अभिनेता राजेश हमाल करीब २ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । निकै आशा गरेका दुई फिल्म 'बागमती' र 'सकुन्तला' असफल भएपछि उनी नराम्रोसँग हच्किएका छन् । दुई फिल्मको टिठलाग्दो नतिजाकै कारण उनले नयाँ फिल्म गर्ने आँट समेत जुटाउन सकेका छैनन् । अहिले उनी फिल्मभन्दा देश-विदेशमा हुने विभिन्न कार्यक्रम तथा विशिष्ट व्यक्तिसँग भेटघाटमा व्यस्त हुने गरेका छन् । 
 
 
केही दिनयता भने उनले सञ्चालन गरेको 'को बन्छ करोडपति' ले टिभीमा राम्रो हाइप निर्माण गरेको छ । दैनिक फिल्मबाट अफर आउने गरेको भएता पनि अब केही फरक फिल्मबाट कमब्याक गर्ने उनको सोच छ । उनी आफैं पनि फिल्म निर्देशन गर्ने तयारीमा छन् । उनले यो भन्न थालेको नै दुई वर्षभन्दा बढी वितिसकेको छ । तर, उनले न फिल्म निर्देशन गर्ने आँट जुटाउन सकेका छन् न त अभिनयलाई नै निरन्तरता दिएका छन् । 
 
उनी आफ्नो पछिल्लो दुई फिल्मको असफलताबाट फिल्म छनोटमा सम्यमित भएको बताउँछन् । केही दिन अगाडि उनलाई निर्माता सन्तोष सेनले हिट सिरिज 'प्रेमगीत' को तेस्रो पार्ट अफर गरेका थिए । प्राप्त जानकारी अनुसार, उनले आफ्नो भूमिका मनपराएका छन् । तर, फिल्ममा अभिनेता प्रदीप खड्काको पिता हुनुपर्ने भएकाले गर्ने वा नगर्ने निर्णय लिन सकेका छैनन् । यो फिल्म गरे आफ्नो कमब्याक सफल हुनेमा भने उनी विश्वस्त छन् । 
 

चाँडै पुनः हमाल र निर्माता सेनबीच निर्णायक वार्ता हुने स्रोत बताउँछ । हमाल यो फिल्मलाई लिएर पोजेटिभ छन् । गएको २ वर्षदेखि कुनै फिल्म नगरेका उनले हालै आफ्नो आधिकारिक फेसबुकमा ‘अब फिल्म खेल्नुपर्ला’ भनेर स्टाटस लेखेका छन् । यसको अर्थ उनले अब फिल्म गर्ने मुड बनाएका छन् । तर, उनको कमब्याक कुन फिल्मबाट हुनेछ ? धेरैका लागि चासोको विषय बनेको छ । कतै 'प्रेमगीत ३' त हुँदैन ? यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ । 
Most Visited News (monthly)