Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२२ वर्षमा एकपटक भएन सञ्जय र माधुरीको भेट

एजेन्सी, मुम्बई, 2019/04/06
 
बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री माधुरी दीक्षितले २२ वर्ष अगाडि एकसाथ फिल्म 'महानता' मा काम गरेका थिए । अब दुईको नयाँ फिल्म 'कलंक' यही अप्रिल १७ मा रिलिज हुँदैछ । माधुरीसँग २२ वर्षपछि साथमा काम गर्न पाएर सञ्जय निकै खुसी छन् । उनले लामो समयपछि माधुरीसँग काम गर्दाको अनुभव साटेका छन् । 
 
उनले भने- 'उनीसँग काम गर्न पाउनु मेरो लागि खुसीको कुरा हो । गएको २२ वर्षमा न हाम्रो भेट भयो न त देखेका थियौं । माधुरी निकै राम्रो एक्ट्रेस हुन् । हामीले साथमा कयौं फिल्म गरेका थियौं । हामीले थानेदार (१९९०), साजन (१९९१), खलनायक (१९९३), महानता (१९९७) गरेका थियौं । दुई दशकपछि फेरि साथमा काम गर्न पाउँदा निकै रमाइलो अनुभव रह्यो ।' 
 
संजय, माधुरीको तारिफ गरेर पनि थाक्दैनन् । उनी भन्छन्, 'एक एक्ट्रेसको रुपमा उनको पकड मजबूत छ । थुप्रो वर्षपछि फेरि उनीसँग स्क्रिन साझेदार गर्ने मौका मिल्यो । निकै समय वित्यो । मानिसहरु परिपक्व भए, उनी पनि एक परिपक्व एक्ट्रेसको रुपमा काम गर्छिन् ।' एक समय उनीहरु प्रेममा रहेको चर्चा थियो । तर, उनीहरुले कहिल्यै यस विषयमा मुख खोलेका थिएनन् । 
 
अब यी दुई दशकपछि उनीहरु पर्दामा देखिँदैछन् । एक समयको सर्वाधिक हिट यो जोडीलाई पुनः फिल्ममा हेर्न दर्शक निकै आतुर छन् । फिल्ममा भने उनीहरु एउटै फ्रेममा नदेखिने बताइएको छ । 'कलंक' लाई अभिषेक वर्मनले निर्देशन गरेका हुन् । यसमा वरुण धवन, आलिया भट्ट, आदित्य रोय कपूर, सोनाक्षी सिन्हालगायतका कलाकारहरुको अभिनय छ । 
Most Visited News (monthly)