Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोफसल टुरमा निस्किँदै हरिवंशदेखि आँचलसम्म

फिल्मीखबर, काठमाण्डौ, 2019/04/05
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ बल्कबस्टर साबित भएपछि प्रतिष्ठित ब्यानर मह संचारले फिल्म निर्माणलाई निरन्तरता दिएको छ । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको सहकार्यमा निर्माण भएको नयाँ फिल्म ‘दाल भात तरकारी’ आउँदो बैशाख २० गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मका गीतसंगीत अहिले निकै चर्चामा छन् । सुदन केसीले यसको निर्देशन गरेका हुन् । 
 
केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्माण टिमले अब प्रचार-प्रसारलाई तिव्रता दिने भएको छ । फिल्म युनिट यही चैत २५ गतेदेखि मोफसल दौडाहामा निस्किने तयारीमा छ । ‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर विर्तामोडदेखि पोखरासम्म हुनेछ । प्रस्तुतकर्ता किरण केसीका अनुसार, मोफसलका दश शहरमा फिल्मको कन्सर्ट र पत्रकार भेटघाट कार्यक्रम हुनेछ । 
 
चैत २५ मा विर्तामोड, चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट आयोजना हुने निर्देशक सुदनले जानकारी दिए । मोफसल टुरमा हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, आँचल शर्मा, पुष्प खड्का, गायिका जुनु रिजाललगायत सहभागी हुनेछन् । 
 
यो फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । 
Most Visited News (monthly)