Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दबंग ३’ मा सोनाक्षी सिन्हाको यस्तो लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2019/04/05
 
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो नयाँ फिल्म ‘दबंग ३’ को सुटिङ सेट ज्वाइन गरेकी छन् । उनले सोसल मिडियाको माध्यमबाट फिल्ममा आफ्नो फर्स्टलुक साझेदार गरेकी छन् । 'दबंग' फ्रेन्चाइजको तेस्रो पार्टमा पनि उनको लुक्स अघिल्ला दुई पार्टसँग मिल्दोजुल्दो छ । यो फिल्ममा सोनाक्षीको फर्स्टलुक दर्शकलाई निकै मनपरेको छ । 
 
इन्स्टाग्राममा आफ्नो फर्स्टलुक साझेदार गर्दै उनले क्याप्सन लेखेकी छन्, 'रज्जो फर्किएकी छे । दबंगदेखि दबंग ३... । म घरमा फर्किएको हुँ । यो मेरो सुटिङको पहिलो दिन हो । मलाई शुभकामना दिनुहोस् ।' फिल्ममा उनी बलिउड सुपरस्टार सलमान खान उर्फ चुलबुल पाण्डेको श्रीमतीको भूमिकामा देखिनेछिन् । 
 
सोनाक्षीभन्दा पहिला सलमानले पनि फिल्मको सेटबाट एक तश्बिर सामाजिक सञ्जालमा साझेदार गरेका थिए । यो तश्बिरमा उनले सर्टको कलरको पछाडि चश्मा लगाएका छन्, जुन यो फिल्मको सिग्नेचर पोज हो । तश्बिरमा उनको साथमा फिल्मका निर्देशक प्रभु देवा देखिएका थिए । यसअघि दुईको फिल्म 'वान्टेड' मा टिमअप भएको थियो । 
 
'दबंग' सिरिजको पहिलो फिल्म सन् २०१० मा रिलिज भएको थियो, जसलाई अनुराग कश्यपले निर्देशन गरेका थिए । यही फिल्मबाट अभिनेत्री सोनाक्षीले डेब्यू गरेकी थिइन् । 'दबंग २' भने सलमानका भाई अरबाज खानले निर्देशन गरेका थिए । उनी 'दबंग' सिरिजका निर्माता समेत हुन् । पुनः सलमान र प्रभको जुगलबन्दी हेर्न निकै रोचक हुने देखिन्छ । 
Most Visited News (monthly)