Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यात्रा’ मा गायिका बनिन् मलिका (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/04
यही चैत २९ गतेबाट प्रदर्शनमा उत्रिन लागेको फिल्म ‘यात्रा’ को नयाँ गीत युट्युब रिलिज भएको छ । ‘डुलि डुलि’ बोलकोे गीतमा गायिका मेलिना राईले स्वर भरेकी छन् । दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको गीतमा कोविद बज्र र प्रतिक पौडेलले संयूक्त रुपमा संगीत भरेका छन् । गीतको भिडियोमा फिल्मकी लिड एक्ट्रेस मलिका महत ‘तपस्या साँझ’ मा टुंगना बजाएर गीत गाउँदै देखिएकी छन् । 
 
 
फिल्ममा उनले दृष्टिविहीन युवतीको भूमिका निभाएकी छन् । सार्वजनिक गीतमा सलिनमान बनिया, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायत पनि फिचर्ड छन् । फिल्ममा टुंगना बजाउनका लागि मात्र अभिनेत्री महतले तीन महिना तालिम लिएकी थिइन् । फिल्ममा यो गीतलाई कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक सम्राट शाक्य बताउँछन् । 
 
फिल्ममा कथा पनि सम्राटकै रहेको छ । यसलाई सञ्जय लामाले खिचेका हुन् । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । 
 
फिल्ममा सलोन बस्नेत, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा प्रविन सिंहको कोरियोग्राफी छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीसँगै फिल्ममा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)