अहिले फिल्म ‘सानो मन’ को एक गीतको राजधानीमा छायांकन चलिरहेको छ । गीतको भिडियोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वरमा रहेको 'रानु कम्मर' बोलको पार्टी गीतमा फिल्मका लिड अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केले कम्मर मर्काएका छन् ।
.jpg)
.jpg)
कोरियोग्राफर साजन बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर समेत हुन् । बलिउडका प्रख्यात कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका उनी अहिले आफैंले कोरियोग्राफी गर्दै आएका छन् । उनले बलिउड फिल्म 'एबिसिडी' को सिरिजमा अभिनयसँगै सहायक नृत्य निर्देशनको रुपमा काम गरेका थिए । अहिले उनी ‘सानो मन’ का लागि नेपालमा छन् ।
'रानु कम्मर' को मिडियो आर्थिक हिसाबले निकै महँगो हुन पुगेको निर्देशक सुयोग गुरुङ्गले बताए । गीतको भिडियोमा क्वालिटी देख्न पाइने उनको भनाई छ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने यसको छायांकन अहिले अन्तिम चरणमा छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् ।
.jpg)
.jpg)
गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहेको यो फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् । यसमा आलोक शुक्लाले छायांकन छ । फिल्ममा मनिष राईको कस्ट्युम रहेको छ भने प्रोडक्सन डिजाईनर यम प्रसाद ओली हुन् । रित बोहरा फिल्मका मूख्य सहायक निर्देशक हुन् ।

