Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हेल्लो जिन्दगी’ मा दीपिकाको प्रवेश

फिल्मीखबर, काठमाण्डौ, 2019/04/04
 
रमेश उप्रेती स्टारर फिल्म ‘ऐश्वर्य’ बाट फिल्म दुनियाँमा प्रवेश गरेकी अभिनेत्री दीपिका प्रसाइँ चाँडै निर्देशक दीवाकर भट्टराईसँग विवाह गर्दैछिन् । आउँदो बैशाख दोस्रो साता बैबाहिक जीवनमा बाँधिने तयारी भएता पनि अब असार पुग्ने देखिएको छ । विवाहको तयारीका लागि भन्दै यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ पछि उनले कुनै फिल्म साइन गरेकी थिइनन् । 
 
लगातार दुई सुपरहिट फिल्म दिएकी दीपिका तेस्रो फिल्मको रुपमा ‘भैरे’ फेम्ड निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने ‘हेल्लो जिन्दगी’ मा अनुबन्ध भएकी छन् । केही समयदेखि फिल्ममा उनी हुने चर्चा थियो । अन्ततः बैशाखमा विवाह नहुने भएपछि उनले यो फिल्म गर्ने निर्णय लिएकी हुन् । फिल्मको सम्पूर्ण छायांकन बेलायतमा हुने निर्देशक बोहोराले जानकारी दिएका छन् । 
 
फिल्ममा अभिनेत्री दीपिकाले १० लाखको आसपासमा पारिश्रमिक बुझेको बताइएको छ । यसमा उनको रोमान्स कोसँग हुनेछ ? यो भने निर्माण टिमले गोप्य राखेको छ । उनीभन्दा अगाडि यो फिल्ममा अभिनेत्री श्वेता खड्का अनुबन्ध भइसकेकी छन् । उनको फिल्ममा नेगेटिभ रोल रहेको जानकारी प्राप्त छ । केही दिनमा छायांकनका लागि निर्माण टिम बेलायत प्रस्थान गर्दैछ । 
 
सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहने यो फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । निर्देशक बोहोराकै कथामा फिल्म बन्न लागेको हो । सृजना जोशीले निर्माण गर्ने गर्ने ‘हेल्लो जिन्दगी’ लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर रहनेछ । 
Most Visited News (monthly)