
प्रतिष्ठित ब्यानर महसंचारको फिल्म ‘दाल भात तरकारी’ ले हलिउड फिल्म ‘एभेन्जरः इन्ड गेम’ को डरले छाडेको डेटमा अर्को नेपाली फिल्म प्रदर्शनमा आउने भएको छ । आउँदो बैशाख १३ मा ‘कालो वर्ष’ नामक फिल्म प्रदर्शन आउने निश्चित भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको रोमान्टिक गीत ‘यस्तो साथी’ युट्युबमा सार्वजनिक गरेको छ ।
गीतमा अञ्जु पन्त र विशाल निरौलाको स्वर सुन्न सकिन्छ । भने, खेम सरु मगरको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका लिड कलाकार ओकेश पनेरु र अनुपा खड्का फिचर्ड छन् । रामेश्वर हुमागाइँले खिचेको गीतमा मेघना मगरको कोरियोग्राफी छ । सुवास देवकोटाले गीतको भिडियो सम्पादन गरेका हुन् । भिडियोभन्दा गीतको अडियो राम्रो छ ।
पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको यस फिल्म योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानीमा निर्माण भएको हो । फिल्मलाई रिच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्दैछन् । लक्षु गौतमले फिल्मको निर्देशन गरेकी हुन् । यसअघि उनले 'तँ म र ऊ' निर्देशन गरेकी थिइन् ।
गीत हेर्नुहोस् :-

