Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप भन्छन्, ‘फिल्म हिट र फ्लपले मलाई अर्थ राख्दैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/03
चकलेटी ब्वाई प्रदीप खड्का अहिले राम्रै हाइपमा छन् । कारण, उनको नयाँ फिल्म ‘लभ स्टेशन’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । शहरिया युवापुस्तामा गजबको क्रेज बनाएका उनी यो फिल्मको प्रचारमा दिनरात अहोरात्र भोक-निन्द्रा नभनि खटिरहेका छन् । हुनत, उनी हरेक फिल्मको प्रचारमा तन, मन र धन सबै खर्चिएर लाग्ने गर्दछन् । उनीबाट अरु कलाकारले पनि फिल्मको प्रचार गर्ने शैली सिक्नु पर्ने बताइन्छ । 
 
‘लभ स्टेशन’ दर्शकमाझ विभिन्न कारणले प्रतिक्षीत बनेको छ । पहिलो, दोस्रोपटक अभिनेता प्रदीप खड्काले अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'लिलिबिली' मा यो जोडीलाई दर्शकले अत्याधिक प्यार दिएका थिए । दोस्रो, फिल्मको गीतसंगीत र ट्रेलर निकै रुचाइएको छ । तेस्रो, एकसेएक हिट फिल्म दिएका भेट्रान निर्देशक उज्जवल घिमिरेले यो फिल्म निर्देशन गरेका हुन् । 
 
फिल्म रिलिजको पूर्वसन्ध्यामा प्रचार-प्रसारमा राम्रै दौडिरहेका अभिनेता प्रदीपले फिल्मीखबरसँग फोनवार्तामा आफ्ना लागि हरेक फिल्म विशेष रहने बताए । ‘लभ स्टेशन’ तपाईंका लागि किन विशेष ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरो लागि हरेक फिल्म विशेष हुन्छ । किनकि, म फिल्म गर्दा खेरि नै तन, मन र धन सबै दिएर गर्छु । यसकारण पनि मेरो लागि हरेक फिल्म विशेष हुन्छ । यो फिल्म अरुभन्दा फरक चाहिँ छ तर मेरो लागि सबै फिल्म विशेष नै लाग्छ ।’ 
 
 
यो फिल्म बक्सअसिफसमा हिट साबित हुनैपर्ने दबाब आफूमा नरहेको उनको भनाई छ । पछिल्लो रिलिज फिल्म 'रोज' को असफलताले केही हच्किएका उनी निर्माताका लागि भने फिल्म हिट हुन आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, 'कलालाई कहिले पनि कमर्सियल भ्यालुले महत्त्व राख्दैन । दुईजनाले हेरेर मनपराइदिनु भयो भने त्यो नै एउटा कलाकारका लागि खुसीको कुरा हो । यद्यपि, निर्माता सुरक्षित हुनुपर्छ भन्ने मान्यता चाहिँ म राख्छु ।' 
 
‘लभ स्टेशन’ बक्सअफिसमा असफल भएको खण्डमा पनि आफ्नो करिअरलाई असर गर्ने उनको तर्क छ । उनी केही गम्भीर हुँदै भन्छन्, 'मेरो करिअरलाई भन्दा पनि यो फिल्म चलेन भने नेपाली फिल्म इन्डस्ट्रीलाई चाहिँ कस्तो असर गर्छ भन्ने कुरा महत्त्वपूर्ण हो । एउटा कलाकारको करिअरमा हिट र फ्लप भनेको भइरहन्छ । तर, यो फिल्म पनि चलेन अनि नेपाली फिल्म इन्डस्ट्रीमै प्रश्न उठ्यो भने चाहिँ सबैलाई समस्या हुन्छ ।' 
 
उक्त फिल्मले आफ्नो स्टारडम मापन गर्छ भन्ने पक्षमा पनि उनी छैनन् । उनी स्टारडमलाई 'आइडेन्टिटि' को रुपमा लिन्छन् । 'मलाई पहिला कसैले चिन्दैन थिए । 'प्रेमगीत' हुँदै 'रोज' सम्म आइपुग्दा धेरैले चिन्नुभयो', उनले थपे- 'अब ‘लभ स्टेशन’ ले नयाँ दर्शक चिनाउन ठूलो भूमिका खेल्छ भन्ने लाग्दैन । यो मेरो करिअरका लागि र फिल्म इन्डस्ट्रीका लागि राम्रो/नराम्रो फिल्म भन्ने चाहिँ होला । तर, यसले मेरो स्टारडम मापन गर्छ भन्ने म मान्दिनँ ।' 
 
आफूले पहिलो पटक पूर्णरुपमा फिल्मी शैलीको फिल्म गर्ने मौका पाएको बताउँछन्, उनी । ‘लभ स्टेशन’ को बारेमा बताउँदै उनी भन्छन्, ‘यसअघि मैले गरेका फिल्ममा हिरोले ढोका फोडेर हिरोइन बचाउन आउने, भिलेन पूरै भिलेनजस्तै देखिन र सोसल ड्रामा थिएन । नर्मल हाम्रो समाजमै हुने खालको केटा/केटीहरुकै कथामा रुमलिएको थियो । यो चाहिँ हिरालाई हिरोकै रुपमा र भिलेनलाई भिलेनकै रुपमा 'डेभलप' गरिएको फिल्म हो ।’ 
Most Visited News (monthly)