Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तख्त’ बाट बलिउड डेब्यू गर्दै शाहरुखका छोरा

एजेन्सी, मुम्बई, 2019/04/03
 
सारा अली खान, जाह्नवी कपूरदेखि अन्नया पाण्डेसम्म लगातार बलिउडका स्टार किड्स फिल्ममा डेब्यू गरिरहेका छन् । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन र छोरी सुहानाको डेब्यूलाई लिएर पनि लामो समयदेखि चर्चा भइरहेको छ । करन जोहरको फिल्म ‘तख्त’ बाट आर्यनले बलिउडमा डेब्यू गर्ने खबर बाहिरिएको छ । यसबारे औपचारिक पुष्टि भने भएको छैन । 
 
आर्यनले यो फिल्ममा अभिनय नभई असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्नेछन् र उनलाई करनले असिस्ट गर्नेछन् । बलिउडका थुप्रै सेलिब्रेटीहरुले अभिनयमा आउनुभन्दा अगाडि असिस्टेन्टको रुपमा काम गरेर फिल्मको बारेमा जानकारी हासिल गरेका थिए । यसपछि अभिनय यात्राको थालनी गरेका थिए । उदाहरणको रुपमा सिद्धार्थ मल्होत्रा र वरुण धवनलाई लिन सकिन्छ । 
 
'स्टुडेन्ट अफ द ईयर' फिल्ममा डेब्यू गर्नुभन्दा पहिला दुबैले 'माई नेम इज खान' मा असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरेका थिए । यसका अलावा अर्जुन कपूर, हर्षवर्धन कपूर, डेजी शाहजस्ता धेरै सेलिब्रेटीहरुले पनि पहिला असिस्टेन्टको रुपमा काम गरेका हुन् । अब आर्यनले पनि अभिनयमा डेब्यू गर्नुभन्दा अगाडि असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्ने खबर छ । 
 
आर्यनलाई अभिनयभन्दा डाइरेक्सन बढी मनपर्छ । र, उनी अहिले अमेरिकामा फिल्म मेकिङको अध्ययन पनि गरिरहेका छन् । शाहरुख स्वयंले केही समय अगाडि आर्यनलाई फिल्म मेकिङ मनपर्ने बताएका थिए । चाँडै छायांकन सुरु हुन लागेको ‘तख्त’ मा रणवीर सिंह, आलिया  भट्ट, करीना कपूर खान, जाह्नवी कपूर, अनिल कपूरलगायतको अभिनय रहनेछ । 
Most Visited News (monthly)