Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यात्रा’ ले चम्काउला मलिकाको भाग्य ?

फिल्मीखबर, काठमाण्डौ, 2019/04/02
नेपाली फिल्ममा केही समययता नयाँ अभिनेत्रीहरुको प्रवेश निकै बढेको छ । वर्षमा सरदर सयको आसपासमा फिल्म बन्दछन्, त्यसमध्ये ७० भन्दा बढी फिल्ममा हिरोइन नयाँ हुने गरेका छन् । केही वर्ष अगाडिसम्म नेपाली फिल्ममा सुरक्षित करिअर नहुने सोचाइले खासै नयाँ अनुहारको प्रवेश हुँदैन थियो । बिस्तारै पढेलेखेका र सम्पन्न परिवारमा हुर्किएका युवतीहरुको प्रवेश बढ्न थालेपछि अहिले नेपाली फिल्ममा नयाँ अनुहारको कमी छैन । 
 
 
 
 
 
तर, एकाध नवआगन्तुक कलाकारले मात्र नेपाली फिल्ममा आफ्नो गतिलो छाप छाड्न सकेका छन् । अधिकांश त पहिलो फिल्मबाटै रिजेक्ट हुन्छन् । पहिलो फिल्मबाट सफलता हात नपरे वा कामको प्रशंसा नभए दोस्रो फिल्ममा चान्स पाउन अभिनेत्रीहरुलाई ज्यादै गाह्रो हुन्छ । यसकारण पनि पहिलो फिल्ममै जबरजस्त काम देखाउन अत्यन्त आवश्यक हुन्छ । त्यसका लागि अभिनय गर्ने रहर होइन, अभिनय गर्ने जुनुन हुनुपर्छ । 
 
पहिलो फिल्मबाटै राम्रो सम्भावना देखाउने अभिनेत्रीहरुको लिस्ट अहिले लामै छ । उपासना सिंह ठकुरी र निरिषा बस्नेतलाई ताजा उदाहरुणको रुपमा लिन सकिन्छ । उपासनाले 'क्याप्टेन' र निरिषाले 'जानी नजानी' मा गरेको कामको निकै तारिफ भयो । नेपाली फिल्ममा उनीहरुको भविष्य राम्रो हुने अपेक्षा धेरैको छ । केहीलाई भने फिल्म रिलिज अगावै सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । त्यसमध्येकी एक हुन् मलिका महत । 
 
उनको डेब्यू फिल्म 'यात्रा' यही चैत २९ मा रिलिज हुँदैछ । यसमा उनी अभिनेता सलिनमान बनियाको अपोजिटमा छिन् । फिल्ममा उनले दृष्टिविहीन युवतीको भूमिका निभाएकी छन् । उनले फिल्मको गीतमा दिएको 'एक्सप्रेसन' र ट्रेलरमा देखाएको कामले धेरैको ध्यान खिचेको छ । उनको सुन्दरताको पनि निकै प्रशंसा भइसकेको छ । अब फिल्ममा उनको काम हेर्न धेरै आतुर छन् । उनी डेब्यू फिल्मबाट निकै आशावादी रहेको बताउँछिन् । 
 
इन्स्टाग्राममा साझेदार गरेको फोटो हेरेपछि उनलाई निर्देशक सम्राट शाक्यले यो फिल्म अप्रोच गरेका थिए । उनी वानलाइन स्टोरी सुनेपछि फिल्म गर्न राजी भएकी थिइन् । तर, दृष्टिविहीनको भूमिका गर्न उनलाई सहज थिएन । एक भेटमा उनले भनिन्, 'फिल्म गर्ने फाइनल भएपछि मनमा डर र उत्साह दुबै थियो । दृष्टिविहीनको भूमिका न्यायपूर्वक निभाउन सक्छु कि सक्दिन भन्ने ठूलो चुनौती थियो । तर, टिमको सहयोगले मैले सोचेजस्तो गाह्रो भएन ।' 
 
 
 
 
 
सोलुखुम्बुको एक गाउँमा टुंगना बजाएर मनको पीडा पोख्ने दृष्टिविहीन युवती तपस्याको भूमिका निभाएकी उनले टुंगना बजाउन तीन महिना तालिम समेत लिएकी थिइन् । उनले यसलाई आफ्नो नयाँ अनुभवको रुपमा लिएकी छन् । उनी 'यात्रा' मा नै आफ्नो फिल्म करिअर अडिएको बताउँछिन् । 'यो फिल्म गरेपछि केही फिल्मबाट अफर नआएका होइनन् । तर, म 'यात्रा' को नतिजाको पखाईमा छु । दर्शकबाट माया पाउनेमा आशावादी छु', उनले भनिन् । 
 
तश्बिर : विवेक बस्याल
Most Visited News (monthly)