Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भैरे’ निर्देशकको ‘चलखेल’ मा प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2019/04/01
 
अभिनेत्री प्रियंका कार्की आजभोली फिल्मभन्दा बढी म्यूजिक भिडियोमा व्यस्त हुने गरेकी छन् । गएको ६ महिना अगाडिसम्म उनी अभिनीत फिल्म हलमा हप्तैपिच्छे फेरिन्थे । अहिले भिडियोहरु दैनिक युट्युबमा रिलिज हुने गरेका छन् । एक समय नेपाली फिल्ममा आफ्नो प्रभुत्व जमाएकी उनले बिस्तारै आफ्नो साख गुमाउँदै गएको कतिपयको टिप्पणी छ । 
 
अचेल उनका फिल्मप्रति दर्शकमा चासो देखिन छाडेको छ । संख्यात्मक अभिनयमा जोड दिँदा उनले आफ्नो लोभलाग्दो क्रेज बचाउन सकेकी छैनन् । तीन दर्जन बढी फिल्ममा अभिनय गरेर पनि सोलो हिरोइनको रुपमा एउटा सुपरहिट फिल्म दिन नसकेकी उनी आजसम्म फिल्मविहीन भने हुनु परेको छैन । उनका हातमा प्रायः फिल्म टुट्दैन । 
 
आउँदो असारमा प्रेमी आयुष्मान देशराज जोशीसँग लगनगाँठो बस्ने तयारीमा रहेकी उनले आइतबार एक नयाँ फिल्म साइन गरेकी छन् । ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने नयाँ फिल्म ‘चलखेल’ मा उनी अनुबन्ध भएकी हुन् । आइतबार निर्माण कम्पनी सिनेमाण्डु इन्टरटेन्मेन्टका लेखबहादुर पुन र अभिनेत्री कार्कीबीच कागजी सम्झौता भएको छ । 
 

यसअघि निर्माता पुन र निर्देशक बोहोराबीच फिल्म ‘भैरे’ मा सहकार्य भएको थियो । जेठबाट छायांकन सुरु हुने फिल्म ‘चलखेल’ मा अहिलेसम्म अभिनेत्री प्रियंकाको जोडी भने फाइनल गरिएको छैन । निर्देशक बोहोराकै कथा तथा पटकथा रहने फिल्मको जेठ दोस्रो साताबाट छायांकन सुरु हुँदैछ । फिल्म पूर्णतया कमेडी कथामा बन्ने बताइएको छ । 
Most Visited News (monthly)