Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ठगीको आरोपमा ‘नोटबुक’ निर्मात्री पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2019/04/01
 
निर्मात्री तथा कलाकार प्रज्ञा जोशीलाई प्रहरीले पक्राउ गरेको छ । ५० लाख ठगी गरेको आरोपमा उनलाई आइतबार इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा मुद्धा परेको थियो । 
 
सोमवार उनलाई इटहरीबाट काठमाडौं ल्याइँदैछ । लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी थिइन् । सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 
 
केही वर्ष अगाडिसम्म प्रज्ञा नेपाली फिल्ममा सक्रिय थिइन् । उनले केही फिल्म निर्माणसँगै दर्जन बढी फिल्ममा अभिनय समेत गरेकी छन् । उनले 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई', 'नोटबुक', 'सम्झना', 'सपुत' फिल्म निर्माण गरेकी छन् । 'कान्छी नानी', 'तिमी मात्र तिमी' लगायतका फिल्ममा अभिनय पनि गरेकी छन् । 
Most Visited News (monthly)