Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका र निक डिभोर्सको तयारीमा !

एजेन्सी, अमेरिका, 2019/03/31
 
अभिनेत्री प्रियंका चोपडा जोनस र निक जोनस बैबाहिक जीवनमा बाँधिएको चार महिना पनि नवित्दै डिभोर्सको तयारीमा रहेको खबर बाहिरिएको छ । एकअर्कासँग खुसी नरहेको र दाम्पति डिभोर्सका लागि अगाडि बढेको अमेरिकाको ओके म्यागजिनले बताएको छ । ३६ वर्षिय प्रियंका र २६ वर्षिय निक निकै कम समयमा एकअर्कासँग नजिक भएका थिए । 
 
अब उनीहरुले वास्तवमा एकअर्कालाई जान्न सुरु गरेका छन् । सुत्रको हवाला दिँदै पत्रिकामा छापिएको छ, 'उनीहरुबीच काम, पार्टी र साथमा समय विताउने विषयलाई लिएर प्रायः झगडा हुने गरेको छ । निक र प्रियंका हतारमा प्रेम गरेर अहिले फुर्सदमा पछुताइरहेका छन् । उनीहरुको विवाह मात्र एउटा परालको त्यान्द्रोमा अडिएको छ ।' 
 
निक विवाहपछि प्रियंका शान्त र सहज हुनेमा विश्वस्त थिए । तर, विवाहलगत्तै उनीमाथि प्रियंकाले बन्देज लगाउन सुरु गरेकी छन् । परिवारले निकालाई बैबाहिक सम्बन्ध टुंग्याउन सल्लाह दिएका छन् । किनकि, उनीहरुलाई प्रियंका एक परिपक्व महिला लागेको थियो तर अहिले उनले २१ वर्षिय युवतीको जस्तो व्यबहार देखाउन थालेकी छन् । 
 
प्रियंका र निकले पछिल्लो वर्षको डिसेम्बरमा भारतमा विवाह गरेका थिए । जोधपुरको उम्मेद भवन प्यालेसमा हिन्दू एवं ईसाई रीति रिवाजबाट दुईको विवाह भएको थियो । दुईको विवाहमा २० लाख डलर खर्च भएको थियो । उनीहरु डिभोर्स लिने अवस्थासम्म पुग्नुको पछाडि रकम पनि रहेको बताइएको छ । निक अमेरिकी गायक हुन् । 
Most Visited News (monthly)