अभिनेता पल शाहको प्रमुख भूमिका रहने फिल्म ‘हृदय भरी’ को शुक्रवारबाट औपचारिक रुपमा छायांकन सुरु भएको छ । राजधानीबाट सुरु भएको फिल्मको छायांकन लगभग ४५ दिनसम्म चल्ने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् । शुक्रवारदेखि राजधानीमा रहेको ’द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ‘मिस नेपाल’ को सिन छायांकन भइरहेको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
’फिल्मको महत्त्वपूर्ण सिन हो यो, जसले फिल्ममा मोड ल्याउँछ’, उनले सिनलाई बुझाउँदै भने ’मिस नेपालको फिनालेको दृश्यको सजावट हो त्यसैले निकै मेहनतका साथ खिचिरहेका छौं ।’ झन्डै पन्ध्र बढी व्यावसायिक मोडलसँगै डेब्यु गर्ल श्रद्धा क्षेत्री र रेखा लिम्बुलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरिरहेकी छन् । फिल्मको यस दृश्यलाई निर्देशक सुब्बाले ४ वटा क्यामेराले कैद गरेका छन् ।
फिल्मको कथावस्तु काठमाडौंको भएकाले यसको गीत धरान र विदेशमा खिचिने निर्देशक सुब्बाले बताए । उनकै लेखनमा तयार हुने फिल्ममा नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, सलोन बस्नेत, मनोज केसीलगायतको अभिनय रहनेछ । श्रद्धाले यो फिल्मबाट डेब्यू गर्न लागेकी हुन् । उनी लामो समयदेखि भारतमा बसेर मोडलिङ गर्दै आइरहेकी थिइन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन रहनेछ । अर्को वर्षको भदौ २७ मा फिल्म रिलिज हुनेछ ।

