Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नै छोरालाई डेब्यू गराउँदै अशोक

फिल्मीखबर, काठमाण्डौ, 2019/03/29
 
दर्जन बढी सफल फिल्म निर्देशन गरेका भेट्रान निर्देशक अशोक शर्माले अब आफ्नै छोरालाई एक्सन-कट गर्ने भएका छन् । यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म 'जय भोले' बाट १२ वर्षपछि निर्माण र निर्देशनमा कमब्याक गरेका उनी अर्को वर्षको दशैंमा नयाँ फिल्म ‘रातो टिका निधारमा’ लिएर आउँदैछन् । अहिले उनी फिल्मका लागि कलाकार छनोटमा छन् । 
 
यस फिल्मबाट उनी आफ्नै छोरा अंकित शर्मा ('जय भोले' का निर्माता) लाई डेब्यू गराउने तयारीमा छन् । फिल्मीखबरलाई निकट स्रोतले दिएको जानकारी अनुसार, निर्देशक शर्माले छोरालाई फिल्ममा लिड रोल अर्थात् हिरोमा अनुबन्ध गरिसकेका छन् । उनको अपोजिटमा अहिलेसम्म नायिका भने तय भएको छैन । फिल्ममा चलेकै अभिनेत्री हुने बताइएको छ । 
 
प्राप्त जानकारी अनुसार, केही दिनदेखि अभिनेत्री जसिता गुरुङसँग लगातार छलफल भइरहेको छ । उनलाई स्क्रिप्ट मनपरे पनि पारिश्रमिक भने महँगो डिमाण्ड गरेको स्रोत बताउँछ । उनले १० लाखको आसपासमा पारिश्रमिक माग गरेपछि निर्देशक शर्मा केही कम गर्न आग्रह गरिरहेका छन् । आठ लाखसम्म गर्न राजी भए फिल्ममा उनी अंकितको हिरोइन हुने सम्भावना छ । 
 
बैशाख अन्तिम साताबाट छायांकन सुरु हुने फिल्ममा नीता ढुंगाना, रबिन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीलगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ । फिल्ममा दर्शक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्देशित फिल्म अल्लारे मा समावेश रातो टिका निधारमा गीतलाई रि-एरेञ्ज गरेर राखिने छ । 
Most Visited News (monthly)