Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजकुमारसँग ‘रूह-अफ्जा’ गर्दै जाह्ववी

एजेन्सी, मुम्बई, 2019/03/29
 
जाह्ववी कपूरको हातमा एक अर्को ठूलो फिल्म परेको छ । उनी चाँडै भर्सटायल अभिनेता राजकुमार रावसँग फिल्म ‘रूह-अफ्जा’ मा देखिनेछिन् । निर्माता दिनेश विजानको यस फिल्ममा वरुण शर्माको पनि अभिनय रहनेछ । जाह्ववी यो फिल्ममा रूही र अफसानाको रुपमा देखिनेछिन् । अर्थात् उनको डबल रोल रहनेछ । 
 
दिनेशले एक बयानमा भनेका छन्, 'फिल्मका लागि हामीलाई यस्तो अभिनेताको खाँचो थियो, जो आफ्नो भूमिकामा सहज रुपमा ढल्न सकुन । राजकुमार राव र वरुण सानदार अभिनेता हुन् । दुईले आफ्नो अन्दाजमा उत्कृष्ट कमेडी गर्दछन् ।' फिल्मलाई हार्दिक मेहताले निर्देशन गर्नेछन् भने दिनेशलाई मृगदीप सिंह लाम्बाले निर्माणमा सघाएका छन् । 
 
निर्माताले जाह्ववी कपूरको बारेमा भनेका छन्, 'मुख्य नायिकाको रुपमा हामीलाई यस्तो कलाकारको खाँचो थियो, जो दुई अलग तरिकाको व्यक्तित्व भएको भूमिका निभाउन सकोस् र जाह्ववी यसमा खरो उत्रिइन् । फिल्मको पटकथामा नयाँपन छ र अभिनेत्री पनि यस्तै छिन् ।' २० मार्च २०२० मा फिल्म रिलिज हुनेछ । 
 
जाह्नवी कपूर एक्टर राजकुमार रावको निकै ठूलो फ्यान हुन् । 'कफी विद करण' मा उनले राजकुमार आफूलाई निकै मनपर्ने बताएकी थिइन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'धडक' बाट सुखद डेब्यू गरेकी उनी चाँडै करण जाहरको 'तख्त' र कारगिल गर्ल गुञ्जन सक्सेनाको बायोपिकमा पनि देखिँर्दैछिन् । 
Most Visited News (monthly)