Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलिन भन्छन्, ‘दुम्सी’ भन्दा खुसी लाग्छ’

फिल्मीखबर, काठमाण्डौ, 2019/03/28
अहिले नेपाली फिल्म बजारमा आफ्नो दबदबा कायम गरेका अभिनताहरुभन्दा फरक छन् सलिनमान बनिया । उनी फेसनको मामलामा एकदमै यूनिक मानिन्छन् । साथै, उनको हेयर स्टाइल अरु अभिनेताको भन्दा विल्कुलै फरक छ । स्टाइलिस पहिरन र फरक हेयर स्टाइलले उनीतिर जो कोहीको ध्यान सजिलै खिचिन्छ । यसैले त अहिले उनलाई नेपाली फिल्म क्षेत्रमा ‘स्टाइलिस अभिनेता’ भन्ने गरिएको छ । 
 
‘ए मेरो हजुर २’ बाट आम दर्शकमाझ पुगेका थिए, सलिन । तर, डेब्यू फिल्म रिलिजपछि लामो समय उनी गौण रहे । धेरै फिल्मकर्मीले फिल्म अप्रोच गरे तर कुनै साइन गरेनन् । उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ चयन गरे, जसमा उनी भ्लगरको भूमिकामा छन् । यो फिल्म यही चैत २९ मा रिलिज हुँँदैछ । यसमा उनको अपोजिटमा मलिका महत छिन् । उनको यो डेब्यू फिल्म होे । सम्राट शाक्यले यसको निर्देशन गरेका हुन् । 
 
अभिनेता सलिनको हेयर स्टाइल रुचाउनेसँगै नरुचाउने दर्शक पनि धेरै छन् । अझ भनौं, उनले आलोचक पनि कमाएका छन् । अभिनेता अनमोल केसीको फिल्म ‘ए मेरो हजुर ३’ सँग ‘यात्रा’ एकसाथ प्रदर्शनमा आउने भएपछि त झन् उनको आलोचना गर्ने दर्शकको संख्या निकै ठूलो भएको छ । हेयर स्टाइलका कारण उनलाई अहिले कतिपयले ‘दुम्सी’ भन्ने गरेका छन् । यसबाट सलिन अनभिज्ञ छैनन् । 
 
 
त, उनी आफूलाई ‘दुम्सी’ भनेकोमा दुःखी छैनन् । बरु, उनी खुसी छन् । कारण, उनलाई ‘दुम्सी’ जनावर एकदमै मनपर्छ रे । दुम्सी तिखा काँडाले ढाकेको शरीर भएको वन्यजन्तु हो । यसका जिउभरि कालो र सेतो रङ मिसिएको काँडा हुन्छन् । सलिन आफूलाई मनपर्ने जनावर दुम्सी भएका कारण आफूलाई पनि दुस्मी भनेकोमा दुःख नलाग्ने बताउँछन् । उनी भन्छन्, ‘मलाई दुम्सी भन्दा दुःख लाग्दैन । झन् खुसी लाग्छ ।’
 
उनले ‘ए मेरो हजुर २’ र ‘यात्रा’ मा हेयर स्टाइल परिवर्तन गरेका छैनन् । हरेक फिल्ममा उनको हेयर स्टाइल एउटै हुने त होइन ? भन्ने चिन्ता दर्शकमा छाउन थालेको छ । तर, हालै फिल्मीखबरसँगको भेटमा उनले भने- ‘‘यात्रा’ मा मेरो हेयर स्टाइल फिट छ । यदी नसुहाएको हुन्थ्यो भने म परिवर्तन गर्थेँ । तर, मलाई एउटै हेयर स्टाइल देखाउन चाहिँ मन छैन । अर्को फिल्ममा परिवर्तन पाउनुहुन्छ ।’’ 
 
सलिनले डेब्यू फिल्ममा अभिनयको तारिफ पाएनन् । उनको लुक्स, पहिरन र हेयर स्टाइलकै बढी प्रशंसा भयो । ‘यात्रा’ मा भने आफूले अभिनयमा निखारता ल्याउन एकदमै मिहिनेत गरेको बताउँछन्, उनी । यो फिल्ममा सलिन र मलिकाका अलावा सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । यसलाई संजय लामाले खिचेका हुन् ।  
Most Visited News (monthly)