Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झरनाको विश्वास: ‘फिल्म हेरेपछि सुहानाको तारिफ गर्नुहुन्छ’

फिल्मीखबर, काठमाण्डौ, 2019/03/27
नेपाली फिल्ममा आफ्नो जीवन्त अभिनयबाट चिनिएकी अभिनेत्री झरना थापाको अहिले परिचय फेरिएको छ । उनी अभिनेत्रीबाट निर्देशक भएकी छिन् । उनको डेब्यू निर्देशित फिल्म 'ए मेरो हजुर २' गत वर्ष प्रदर्शनमा आएको थियो । यो फिल्म गत वर्षको सुपरहिट फिल्ममध्येको एक हो । यही फिल्मको तेस्रो सिरिजबाट फेरि उनी निर्देशकको रुपमा दर्शकमाझ पुग्दैछिन् । 
 
अभिनयबाट दूरी बनाएर अब निर्देशकको रुपमा आफूलाई स्थापित गर्न संघर्षरत उनले आफूले हिँडेको बाटोमा आफ्नी छोरी सुहाना थापालाई पनि लिएर आएकी छन् । सुहानाले फिल्म 'ए मेरो हजुर ३' मा अभिनेता अनमोल केसीको जोडी भएर काम गरेकी छन् । चार वर्षको हुँदा उनले यो फिल्मको पहिलो भागमा बाल कलाकारको रुपमा काम गरेकी थिइन् । 
 
चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको 'ए मेरो हजुर ३' को दुई गीतबाटै सुहानालाई फिल्म क्षेत्रले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेको छ । उनको सुन्दरता र 'एक्सप्रेसन' को धेरैले प्रशंसा गरेका छन् । अब फिल्ममा उनको काम हेर्न दर्शक मात्र नभएर फिल्मकर्मी पनि आतुर छन् । 'फिल्मी ब्लड' भएका कारण उनको काम राम्रो हुने विश्वास धेरैको छ । 
 
 
बुधवार फिल्मको ट्रेलर रिलिज र आफ्नो बर्थडे केक काट्दै अभिनेत्री तथा निर्देशक झरनाले छोरी सुहानाको तारिफ गर्न कुनै कसर बाँकी राखिनन् । उनले फिल्म हेरेपछि सुहानाको जो कोहीले तारिफ गर्ने दाबी समेत गरेकी छन् । उनले भनिन्, 'जसरी मैले विगतमा यहाँहरुको मन-मस्तिष्कमा बस्न सफल भएँ । यहाँहरुलाई रिझाउन सकेँ । सुहाना पनि यसमा सफल हुनेछिन् ।'
 
'सुहानाले फिल्ममा राम्रो काम गरेकी छन् । फिल्म हेरेपछि तपाईंहरुले पनि उसको प्रशंसा गर्नुहुनेछ । यो म एउटी आमा भएर भनेको होइन । निर्देशक भएर 'कन्फिडेन्ट' का साथ भनेको हुँ', उनले अगाडि भनिन्, 'म आफू हिँडेको बाटोमा छोरीलाई पनि लिएर आएको छु । आजबाट तपाईंहरुमाझ मेरी छोरी सुहानालाई सुम्पिएको छु । तपाईंहरुले आर्शिवाद र साथ दिनुहोला ।' 
 
यो फिल्मको ट्रेलर भने बिहीवार दिउँसो मात्र युटयुबमा सार्वजनिक हुनेछ । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता अनमोल, सलोन बस्नेत, सरोज खनाल, रेअर राईलगायत उपस्थित थिए । ट्रेलरमा अनमोललाई सुपरस्टार गायक र एक साधारण युवक गरि दुई अवतारमा देख्न सकिन्छ । फिल्मले एक स्टार र फ्यानबीचको प्रेमकथा भनेको झरना बताउँछिन् । 
Most Visited News (monthly)