Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आरएक्स १००’ को रिमेकमा सुनील शेट्टीका छोरा

एजेन्सी, मुम्बई, 2019/03/27
 
बलिउडमा स्टार किड्सको प्रवेश निकै बढेको छ । स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर, अभिनेता सैफ अली खानकी छोरी सारा अली खान, चंकी पान्डेकी छोरी अनन्या, अभिनेता गोविन्दाकी छोरी टीना आहुजाले बलिउड फिल्ममा आफ्नो पाइला राखिसकेका छन् । चाँडै अभिनेता शाहरुख खानकी छोरी सुहाना खान पनि बलिउड प्रवेश गर्न लागेको चर्चा छ । 
 
यसबीच, एक समयका सर्वाधिक सफल अभिनेता सुनील शेट्टीका छोरा अहान पनि बलिउडमा डेब्यू गर्ने फाइनल भएको छ । साजिद नाडियाडवालाले निर्माण गर्ने फिल्ममा उनी लिड रोलमा देखिने भएका छन् । उनको अपोजिटमा अभिनेत्री तारा सुतारियालाई अनुबन्ध गरिएको छ । उनको डेब्यू फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ प्रदर्शनको तयारीमा छ । 
 
जूनबाट छायांकन सुरु हुने फिल्मको अहिले प्रि-प्रोडक्सनको काम भइरहेको छ । साजिदले भनेका छन्, ‘हामीलाई लिड अभिनेत्री मिलेको छ र म भन्न चाहन्छु कि, तारा एक कुशल अभिनेत्री हुन् । दर्शकलाई यो निकै रोमान्टिक र रोमाञ्चक जोडी साबित हुनेछ । हामी जूनबाट फ्लोरमा जान सक्ने छौं ।’ यो फिल्म हिट तेलुगु फिल्म ‘आरएक्स १००’ को रिमेक हुनेछ । 
 
फिल्ममा एक्सनले भरिपूर्ण हुनेछ । किनकि, ‘आरएक्स १००’ एक्सनका कारण हिट भएको थियो । मिलन लुथरियाले फिल्मलाई निर्देशन गर्नेछन् । नाडियावाला ग्रेडसन इन्टरटेनमेन्टको आधिकारिक ट्विटर ह्यान्डलबाट यो कुराबाट जानकारी दिइएको छ । लुथरियाले 'द डर्टी पिक्चर', 'वन्स ओपन ए टाइम इन मुम्बई', 'कच्चे धागे' र 'बादशाहो' फिल्म निर्देशन गरिसकेका छन् । 
Most Visited News (monthly)