Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

हरिहरको ‘शुभ लभ’ हेर्न भुवन आतुर

फिल्मीखबर, काठमाण्डौ, 2019/03/27
हरेक हप्ता हलमा नयाँ फिल्म टुटेका छैनन् तर अत्यन्त कम फिल्मले मात्र निर्माताको लगानी जेनतेन उठाएका छन् । यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ३' पछि कुनै फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । ठूला स्टारका फिल्मले समेत हलमा दर्शक तान्न चुकिरहेको अवस्थामा चैत १५ गते ज्योतिषबाट हिरो भएका हरिहर अधिकारीको पहिलो फिल्म ‘शुभ लभ’ प्रदर्शनमा आउँदैछ । 
 
 
उनी ज्योतिषशास्त्र अनुसार फिल्म सफल हुने दाबी गर्छन् । ‘शुभ लभ’ ले फेरि एकपटक दर्शक हलसम्म पुग्ने वातावरण निर्माण गर्नेमा उनी विश्वस्त छन् । फरक र नवीनतम कथा पस्किएको बताउँदै आएका हरिहर फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । सर्वसाधारणदेखि फिल्मकर्मीको समेत चिना र हात हेरेर भुत र भविष्य बताएका उनी पहिलो पटक आफ्नै फिल्मको भाग्य हेर्ने कुर्सीमा विराजमान छन् । 
 
यो फिल्म असफल भएको खण्डमा उनीप्रतिको विश्वास कम हुने कतिपयको भनाई छ । तर, उनी फिल्मको सफलता र असफलताले आफ्नो करिअरमा कुनै असर नपार्ने बताउँछन् । उनी भन्छन्, '२० जना दर्शकले फिल्म हेरेर मन पराइदिनुभयो भने मेरो लागि सफलता हो । टन्नै कमाएर पनि फिल्मले राम्रो प्रतिक्रिया पाएन भने म त्यसलाई असफलता मान्छु । कमाईको आधारमा फिल्मको सफलता र असफलता मापन गर्न मिल्दैन ।' 
 
प्रदर्शन मिति दिनप्रतिदिन नजिकिँदै गर्दा फिल्मकर्मीबाट ‘शुभ लभ’ लाई सफलताको शुभकामना मिल्न सुरु भएको छ । सदाबहार अभिनेता भुवन केसीले एक भिडियोमार्फत् निर्देशक सन्तोष बाबु लोहन, अभिनेता हरिहर, अभिनेत्री द्वय कृष्टिन पौडेल र सुर्या थापालाई फिल्मको सफलताको शुभकामना दिँदै आफू पनि फिल्म हेर्न आतुर रहेको बताएका छन् । उनले फिल्मको ट्रेलर र गीत निकै मन परेको पनि बताए । 
 

 

'फिल्म राम्रो छ भन्नेमा विश्वस्त छु । दर्शकले फिल्मबाट भरपूर मनोरञ्जन लिनुहुन्छ भन्ने मलाई लागेको छ । एकपटक म पनि फिल्म हेर्छु तपाईहरु पनि हेर्नुहोला', उनले भने । उक्त फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोललगायतका कलाकारको पनि अभिनय छ । प्रदीप कुमार उदय यसका निर्माता हुन् । यसमा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ ।
Most Visited News (monthly)