Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पदभार ग्रहण गर्दै भट्टराईले भने- ‘कहिल्यै फिल्म क्षेत्रको अहित हुने काम गर्दिनँ’

फिल्मीखबर, काठमाण्डौ, 2019/03/25
गएको बिहीवार चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका केशव भट्टराईले पदभार ग्रहण गरेका छन् । सोमवार दिउँसो नवनियुक्त अध्यक्ष भट्टराईले पदभार ग्रहण गरेका हुन् । उनलाई बधाई तथा शुभकामना दिन दर्जनौं फिल्मकर्मीहरु बोर्ड पुगेका थिए । पदभार ग्रहण गरेलगत्तै उनले फिल्म क्षेत्रको अहित हुने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
 
 
उनले बोर्डमा आफू राजनीतिक कार्यकर्ताको रुपमा नरहने पनि बताए । नेपाली फिल्म क्षेत्रका कुनै पनि संघ-संस्थामाथि आफ्नो हस्तक्षेप नरहने पनि उनले स्पष्ट पारे । भट्टराईले आफूले सरकारसमक्ष १६ वटा बुँदाहरु प्रस्तुत गरेकोमध्ये केही महत्त्वाकांक्षी कार्ययोजना राखेको र त्यो तत्काल सार्वजनिक नगर्ने बताए । 'केही दिनमा मेरा केही कार्ययोजनाहरु सार्वजनिक गर्नेछु', उनले भने । 
 
'राष्ट्रिय चलचित्र नीति २०७१' पारित गर्न पहल गर्ने बताउँदै उनले भने- 'अड्किएर बसेको राष्ट्रिय चलचित्र नीति पूर्ण रुपमा कार्यान्वयन गर्न म कटिबद्ध भएर लाग्नेछु र त्यसको चाँडै अनुभूती पनि गर्न सक्नुहुनेछ । अहिले टट्कारो रुपमा रहेको बक्स अफिस कार्यान्वयन गर्न पनि म कुनै कसर बाँकी राख्दिनँ ।' उनले २ वर्षदेखि अडिएको 'राष्ट्रिय चलचित्र पुरस्कार' चाँडै प्रदान गरिने पनि बताए । 
 
फिल्मकर्मीले खोजेको बक्स अफिस लगाउन भोलीबाट लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनले अगाडि भने- 'बक्स अफिसले कसैलाई पनि घाटा गर्दैन । कम्तिमा हामी पारदर्शी रुपमा अगाडि बढ्नेछौं । यसले निर्मातादेखि हल सञ्चालक, वितरक र राज्यलाई समेत फाइदा गर्छ । त्यसैले बक्स अफिस लागू गर्नमा कसैले असहयोग गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । र, चाँडै बक्स अफिसलाई कार्यान्वयन गराउँछौं ।' 
 
 
उनले काठमाडौं उपत्यकाभित्र सुविधा सम्पन्न फिल्म स्टूडियो निर्माणका लागि पनि आफूले सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाए । उनले आफूले चुनौतीका ठूला भारहरु काँधमा बोकेर आएको र त्यसलाई पूरा गर्ने कुनै कसर नछाड्ने बताएका छन् । आफ्नो अत्याधिक समय विकास बोर्डलाई दिने बताउँदै उनले तत्काल फिल्मका साना कार्यक्रममा आफूलाई अतिथीको रुपमा नबोलाइदिन पनि फिल्मकर्मीलाई अनुरोध गरे । 
Most Visited News (monthly)