Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छपाक’ मा दीपिकाको यस्तो लुक्स

एजेन्सी, मुम्बई, 2019/03/25
मेघना गुलजारको निर्देशनमा बन्न लागेको फिल्म ‘छपाक’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री दीपिका पादुकोण प्रस्तुत छिन् । यो फिल्ममा उनी एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको रोलमा देखिनेछिन् । दीपिकाको लुक्सले धेरैलाई निःशब्द बनाएको छ । 
 
‘छपाक’ मा दीपिकाले आफ्नो करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका निभाउन लागेको बताएकी छन् । फिल्ममा उनको चरित्रको नाम 'मालती' छ । सार्वजनिक पोस्टरमा दीपिकालाई सजिलै चिन्न गाह्रो हुन्छ । उनी हुबहु लक्ष्मी अग्रवालजस्तै देखिएकी छन् । पोस्टरमा उनी एक शिशाको अगाडि उभिएकी छन् । 
 
 
फिल्म ‘छपाक’ १० जनवरी २०२० मा रिलिज हुनेछ । दीपिकाको यो फिल्मलाई अहिलेदेखि नै सुपरहिट भन्न थालिएको छ । फ्यान मात्र नभएर उनको लुक्सले बलिउड सेलिब्रेटीलाई समेत हैरान बनाएको छ । वरुण धवन र ज्याकलीन फर्नान्डिजले उनको लुक्स मन पराएका छन् । 
 
‘छपाक’ एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमा बेस्ड छ । लक्ष्मीमाथि सन् २००५ मा एक व्यक्तिले एसिड फ्याकेका थिए । उनीमाथि यो हमाला यसकारण भएको थियो कि, उनले उक्त व्यक्तिसँग विवाहको प्रपोजल नकारेकी थिइन् । एसिड आक्रामण भएपछि लक्ष्मीको अनुहार पूरै खराब भएको थियो । 
 
‘छपाक’ मा विक्रान्त मेसीको पनि प्रमुख भूमिका रहनेछ । यो फिल्ममा दीपिका अभिनेत्रीसँगै निर्मात्रीको रुपमा पनि छिन् । गएको केही महिनादेखि फिल्मको पूरा टिम स्क्रिप्ट अध्ययनमा व्यस्त थियो । गएको वर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी दीपिकाको पछिल्लो फिल्म 'पद्मावत' हो । 
Most Visited News (monthly)