Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बुलबुल’ बाट स्वस्तिमालाई हर्ष न विस्मात !

फिल्मीखबर, काठमाण्डौ, 2019/03/25
बिहे अगाडिसम्म अभिनेत्री स्वस्तिमा खड्का गुनमानजस्तै थिइन् । ‘होस्टेल रिर्टन्स’ बाट अभिनय यात्रा सुरु गरेकी उनले त्यसपछि बिहेअघिसम्म कुनै फिल्म गरिनन् । गरिनन् भन्दा पनि पाइनन् ! यद्यपि, उनको अभिनय र सुन्दरताको भने प्रशंसा गर्ने धेरै थिए । तर, हातमा फिल्मै नपरेपछि तारिफको पनि काम कहाँ लाग्छ र ! ‘फस्ट एण्ड लास्ट’ फिल्म ‘होस्टेल रिर्टन्स’ नै हुने त होइन भन्ने डरले मनमा डेरा जमाउन थालिसकेको थियो, उनमा । 
 
गएको तीन वर्ष अगाडि उनले ‘लुट’ फेम्ड निर्देशक निश्चत बस्नेतसँग लगानगाँठो कसिन् । कतिपयले फिल्म नपाएपछि दुलही भएको टिप्पणी गरे भने कतिपयले फिल्म करिअरलाई ट्रयाकमा ल्याउन दुलहाको रुपमा निश्चल रोजेको पनि बताए । जे भए पनि उनलाई विवाहपछि भने फलिफाप नै फलिफाप भएको छ । हातमा ठूला ब्यानरको फिल्म टुटेको छैन । फिल्ममेकर्स उनलाई लिन अहिले तानातान गरिरहेका छन् । 
 
 
फिल्म हातमा नटुटे पनि उनी सोलो हिरोइनको रुपमा भने चल्न असफल छिन् । उनी सोलो हिरोइन भएका कुनै फिल्म सफल छैनन् । फिल्म 'लभ लभ लभ' मा उनी सोलो हिरोइन थिइन् तर, फिल्मले हलमा पानी भन्न पाएन । सुपरहिट दुई फिल्म 'छक्का पञ्जा २' र 'नाइँ नभन्नू ल ५' मा कलाकारहरुको लाम थियो, 'जस' उनको पोल्टामा मात्र पर्ने कुरै भएन । बरु, 'कुटुमा कुटु' गीतले उनलाई लाइमलाइटमा ल्यायो । 
 
मह सञ्चारको फिल्म 'दाल भात तरकारी' लत्याएर हालै भेट्रान निर्देशक विकासराज आचार्यको फिल्म 'हजार जुनीसम्म' को छायांकन सकाएकी उनी चाँडै हेमराज विसीको फिल्म 'घामट शेरे' गर्ने तयारीमा छिन् । यसमा पहिलो पटक उनले श्रीमान् निश्चल बस्नेतसँग रोमान्स गर्दैछिन् । बैशाखबाट फिल्मको छायांकन सुरु हुँदैछ । यद्यपि, यो फिल्म उनले गर्ने पक्का भएको निर्माण टिमबाट भने जानकारी प्राप्त छैन । 
 
नेपालकी ग्ल्यामरस अभिनेत्रीमा सामेल स्वस्तिमाको नयाँ फिल्म 'बुलबुल' गएको फागुन पहिलो साताबाट प्रदर्शनमा आएको थियो । यसमा उनी सोलो अभिनेत्री थिइन् । यसअघिका फिल्ममा गर्दै आएको भूमिकाभन्दा यस फिल्ममा विल्कुलै फरक चरित्रमा प्रस्तुत भएकी थिइन् । उनी टेम्पो ड्राइभरको भूमिकामा थिइन् । यो फिल्मबाट उनको चरित्र र अभिनयको समीक्षक र दर्शकले मुक्तकण्ठले प्रशंसा गरे । तर, फिल्मले हलमा पानी भन्न पाएन । 
 
समीक्षकले 'बुलबुल' लाई उनको करिअरको सर्वोत्कृष्ट फिल्म भन्दै प्रशंसा गरेका छन् । सर्वत्र आफ्नो भूमिका र अभिनयको वाहवाही हुँदा स्वस्तिमा दंग नहुने त कुरै भएन । तर, लगानी समेत नउठेर निर्माताको अनुहार निहाउरो हुँदा उनलाई 'बुलबुल' बाट हर्ष न विस्मात भएको छ । 'हर्षित हौं' फिल्मले हलमा माख्खो मारेन, 'विस्मात हौं' भूमिका र अभिनयको जोडतोडले प्रशंसा भयो । स्वस्तिमालाई भएन त फसाद !
Most Visited News (monthly)