Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जयललिता बन्न कंगनाले बुझिन् २४ करोड

एजेन्सी, मुम्बई, 2019/03/24
 
बलिउड अभिनेत्री कंगना रनावतले हालै आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छन् । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वर्गीय जयललिताको बायोपिक फिल्ममा उनी शनिबार अनुबन्ध भएकी हुन् । उनले आफ्नो जन्मदिनको अवसरमा फिल्म साइन गरेकी हुन् । मार्च २३ बाट उनी ३२ वर्षमा लागेकी छन् । १९८७ मा हिमाचल प्रदेशको मन्डीमा उनको जन्म भएको थियो । 
 
भारतीय मिडियाका अनुसार, जयललिताको बायोपिक फिल्मका लागि कंगनाले २४ करोड पारिश्रमिक बुझेकी छन् । सधैं अभिनेतासरह पारिश्रमिक अभिनेत्रीले पनि पाउनु पर्ने आवाज उठाउँदै आएकी उनी अब बलिउडकी सबैभन्दा महँगी अभिनेत्री बनेकी छन् । दुई वर्ष अगाडि इन्टरनेशनल स्टार प्रियंका चोपडा बलिउडकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको लिस्टमा टपमा थिइन् । 
 
यसपछि उनलाई अभिनेत्री दीपिका पादुकोणले उछिनिन् । उनले फिल्म 'पद्मावत' का लागि १२ करोड पारिश्रमिक बुझेको चर्चा छ । अब उनलाई रिप्लेस गर्दै कंगना बलिउडकै सबैभन्दा महँगी अभिनेत्री बनेकी छन् । बलिउडमा चलेका अभिनेताले पनि २४ करोड हात पार्न सकेका छैनन् । हालसालै उनको नयाँ फिल्म 'मणिकर्णिका' रिलिज भएको थियो, जसले बक्सअफिसमा राम्रो पैसा छापेको थियो । 
 
जयललिताको बायोपिकलाई दक्षिण भारतीय फिल्मका नामुद निर्देशक ए.एल. विजयले निर्देशन गर्दैछन् । तमिलनाडुमा जयललितालाई पुराची थलाईवीको नामबाट पनि चिनिने गरिन्थ्यो, जसको अर्थ हुन्छ 'क्रान्तिकारी नेता' । फिल्मको हिन्दी संस्करणको नाम 'जया' राखिएको छ । जयललिताको भूमिकामा कंगना फिट हुने भएकै कारण अनुबन्ध गरेको निर्देशक विजयले बताएका छन् । 
Most Visited News (monthly)