Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दाल भात तरकारी’ को अष्ट्रेलिया राइट्स ४५ लाख

फिल्मीखबर, काठमाण्डौ, 2019/03/24
मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ अर्को वर्षको बहुप्रतिक्षीत फिल्ममध्येको एक हो । ‘भिजिट भिषामा’ गीतले युट्युबमा करोड भ्यूज बटुलिसकेको अवस्थामा दोस्रो गीतले रिलिजको एक हप्ता नाघिसक्दा पनि टेन्डिङ छाडेको छैन । अब यो फिल्मको ट्रेलरको धेरैलाई प्रतिक्षा छ । फिल्म भने बैशाख २० मा रिलिज हुँँदैछ । यस फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । 
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ को सफलतापछि बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले यो फिल्म निर्माण गरेका हुन् । नेपाल रिलिज नहुँदै अहिले फिल्मको विदेशमा चर्को माग छ । विभिन्न देशबाट फिल्मको राइट्स लिन निर्मातालाई दिनमै दर्जन बढी व्यक्तिको फोन आउने गरेको छ । अब भने फिल्मको राइट्स विक्री सुरु भएको छ । 
 
 
ओभरसिजमा नेपाली फिल्मको ठूलो बजार मानिने अष्ट्रेलियामा महँगो मुल्यमा फिल्म विक्री भएको निर्माता मध्येका एक किरण केसीले जानकारी दिएका छन् । उनले विपिन बस्नेत र इराकु लामाले ४५ लाखमा अष्ट्रेलिया राइट्स खरिद गरेको बताए । फिल्मको आधा लगानी लगभग अष्ट्रेलिया राइट्सबाटै उठेको देखिन्छ । अन्य देशमा पनि फिल्मको माग बढ्दो रहेको किरण बताउँछन् । 
 
ट्रेलर रिलिज भएपछि फिल्मको ओभरसिजमा थप डिमाण्ड बढ्ने निर्माण टिमको विश्वास छ । हरिवंश आचार्य र निरुता सिंह फिल्ममा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । 'मंगलम' फेम्ड अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्मा प्रेम-प्रेमिकाको रुपमा प्रस्तुत छन् । हरेक मानिसले दात भात तरकारी खानका लागि गर्ने संघर्षको कथामा फिल्म आधारित रहेको बताइएको छ । 
 
बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । 
Most Visited News (monthly)