Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलेजका विद्यार्थी फकाउँदै सलिनमान

फिल्मीखबर, काठमाण्डौ, 2019/03/24
 
‘स्टाइलिस’ अभिनेता सलिनमान बनियाँलाई केही दिनयता निकै चटारो छ । नहोस् पनि कसरी ? रिलिजको संघारमा फिल्म ‘यात्रा’ जो छ । चैत २९ मा फिल्म मुलुकभर प्रदर्शनमा आउँदैछ । यो फिल्म चल्ने बलियो आधार उनीमात्र हुन् । उनको युवापुस्तामा गजबको क्रेज भएका कारण फिल्मको इनिसियल बक्सअफिस तगडा हुने फिल्म पण्डितहरुको पूर्वअनुमान छ । 
 
तर, यो फिल्मलाई हलमा एकलौटी राज गर्न भने सहज छैन । किनकि, अभिनेता अनमोल केसी स्टारर फिल्म 'ए मेरो हजुर ३' पनि एकै मितिमा प्रदर्शनमा आउँदैछ । यसकारण पनि सलिनले आफ्नो फिल्मको प्रचारमा कमी आउन दिएका छैनन् । महोत्सवदेखि उनले होलीको कार्यक्रममा समेत फिल्मको प्रचार गरिसके । अहिले उनी कलेजका विद्यार्थी फकाउने अभियानमा छन् । 
 
 
शनिबार उनी हातिवनमा रहेको 'लिटल एन्जल्स कलेज' मा पुगे । एलएको तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको 'एलए कल्चर फेस्ट २०१९' को समापन समारोहमा उनी आफ्नो 'यात्रा' टिमसँग पुगेका थिए । डेब्यु गर्ल मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचायलगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै फिल्मको बारेमा जानकारी गराए । 
 
उनीहरुले फिल्ममा समावेश गीत 'चट्ट रुमाल' मा नृत्य पनि गरे । सलिनसँग सेल्फी लिन भने कलेजका विद्यार्थीबीच हानाथाप नै भएको थियो । विधार्थीले उनको फिल्मको बारेमा जानकारी लिँदै शुभकामना समेत दिए । यात्रामै आधारित विषयवस्तुमा आधारित फिल्ममा उनी भ्लगरको भूमिकामा छन् । फिल्मको सोमवार ट्रेलर आउँदैछ । यसलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । 
 
 
यस फिल्मलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् । फिल्ममा संजय लामाको छायांकन छ । 
Most Visited News (monthly)