Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपले अनाथ बालबालिका पढाउने

फिल्मीखबर, काठमाण्डौ, 2019/03/24
अभिनेता प्रदीप खड्का अहिले आफ्नो नयाँ फिल्म 'लभ स्टेशन' को प्रचारमा व्यस्त छन् । यो फिल्म यही चैत २२ गते प्रदर्शनमा आउँदैछ । फिल्म रिलिजको संघारमा रहँदैै गर्दा उनले समाजसेवामा पनि आफूलाई सक्रिय बनाएका छन् । केही दिन अगाडि उनीसहित फिल्मको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको थियो । 
 
 
शनिबार 'लभ स्टेशन' को तर्फबाट अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले काठमाडौंको गोकर्णस्थित संयूक्त एकता अपाङ आवाज केन्द्रमा आश्रित ४५ जना अनाथ बालबालिकालाई नीजि विद्यालयमा पढाउनका लागि लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क एक मुस्ट प्रदान गरेका छन् । शनिबार गोविन्द र प्रदीपले संयूक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् । 
 
विधार्थीहरुलाई भर्नासहित तीन महिनाको शुल्क प्रदान गर्नुको कारणबारे बताउँदै अभिनेता प्रदीपले कलाकारको दायित्व भनेको अभिनयमात्र नभएर समाजसेवा पनि रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विधार्थीहरुको अध्ययन खर्च जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ ।’
 
 
प्रदीपले अन्य प्रोजेक्टबाट फेरि बाँकी शुल्क सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् । ‘प्रदीप खड्का फ्यान परिवार’ ले सोही कार्यक्रममा उनको जन्मदिनको केक समेत काटेको थियो । उनले गएको दुई हप्ता अगाडि नै आफ्नो जन्मदिन मनाएका थिए । उनी अभिनीत 'लभ स्टेशन' लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ छिन् । 
Most Visited News (monthly)