Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

रिलिज अगावै ‘ए मेरो हजुर ३’ को रेकर्ड

फिल्मीखबर, काठमाण्डौ, 2019/03/23
अभिनेता अनमोल केसी अभिनीत फिल्मले बक्सअफिसमा आजसम्म कुनै रेकर्ड आफ्नो नाम गर्न नसके पनि ट्रेलर र गीतसंगीतले भने युट्युबमा एकपछि अर्को रेकर्ड बनाइरहेका छन् । केही हप्ता अगाडि युट्युब रिलिजको २४ घण्टामा फिल्म ‘क्याप्टेन’ को ट्रेलरले सर्वाधिक भ्यूज बटुल्दै रेकर्ड बनायो । अब ‘ए मेरो हजुर ३’ को ‘परान’ बोलको गीतले पनि कीर्तिमानी रेकर्ड बनाएको छ । 
 
 
यो गीतले इन्टरनेट रिलिजको २४ घण्टामा १० लाख २४ हजार बढी भ्यूज बटुल्न सफल भएको छ । यसअघि यो रेकर्ड फिल्म 'शत्रु गते' को नाम थियो । यो फिल्मको 'रुपै मोहनी' बोलको गीतलाई युट्युब रिलिजको २४ घण्टामा ८ लाख ४७ हजारभन्दा बढीपटक हेरिएको थियो । 'ए मेरो हजुर ३' को गीत शुक्रवार दिउँसो १ बजे सार्वजनिक भएको थियो । 
 
पाँच हजार बढी कमेन्ट प्राप्त गीतलाई ४६ हजार बढीले लाइक्स गरेका छन् । गीत मन नपराउनेको संख्या भने झण्डै ३ हजार छ । गीतको कमेन्टमा अधिकांशले तारिफको पुल बाँधेका छन् । अभिनेता अनमोल र डेब्यू गर्ल सुहाना थापाको केमेस्ट्रीलाई अत्याधिक रुचाइएको छ । यो गीतका कारण फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने फिल्म पण्डितहरुको अनुमान छ । 
 
गीतमा आशिष अविरल र अञ्जु पन्तको स्वर छ । गायक अविरलकै शब्द तथा संगीत रहेको गीतको भिडियो निकै आकर्षक ढंगले तयार गरिएको छ । अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राईलगायतका कलाकारहरु गीतको भिडियोमा फिचर्ड छन् । अभिनेता आमेश भण्डारीलाई बेहुलाको भेषमा देख्न सकिन्छ । फिल्मलाई झरना थापाले निर्देशन गरेका हुन् । 
 
अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहेको यसमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । चैत २९ मा रिलिज हुने फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् ।  
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)