Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिस टकरावः ‘कागजपत्र’ भर्सेस ‘प्रेमलीला’

फिल्मीखबर, काठमाण्डौ, 2019/03/22
दशैंमा प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ३' पछि कुनै फिल्मले अपेक्षाकृत व्यापार गर्न नसकिरहेको अवस्थामा राम्रो व्यापार गर्ने अपेक्षासहित शुक्रवारबाट दुई नयाँ फरक-फरक जनराका फिल्म मुलुकभर प्रदर्शनमा आएका छन् । यस हप्ताको शुक्रवार एकसाथ प्रदर्शन आरम्भ गरेका फिल्म हुन्- ‘कागजपत्र’ र ‘प्रेमलीला’ । 
 
नक्कली विवाह गरेर अष्ट्रेलिया जानेहरुको कथामा निर्माण भएको ‘कागजपत्र’ लाई अपिल विष्टले निर्देशन गरेका हुन् । 'माया संसार' बोलको गीत र कमेडीले भरिएको ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको यो फिल्मले बिहीवार राजधानीमा भएको प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ । अब सबैभन्दा ठूलो दर्शक प्रतिक्रिया हो । 
 
 
नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के, सरिता गिरीलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । 
 
यस्तै, ‘प्रेमलीला’ ले अन्तरदेशीय प्रेमकथा भन्छ । एक नेपाली युवती र भारतीय युवकबीचको प्रेममा फिल्म आधारित रहेको बताइएको छ । फिल्ममा अभिनेत्री दीपशिखा खड्काको निर्माण र अभिनय छ । उनको प्रेमीको भूमिकामा भारतीय मोडल अली खान छन् । साथै, मौसम खड्काको पनि फिल्ममा लिड रोल छ ।
 
यसको कथा दीपशिखा आफैंले लेखेकी हुन् । पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फैजल फिल्मस्को ब्यानरमा बनेको फिल्ममा नानीमैयाँ कार्की निर्मातामा छिन् ।
Most Visited News (monthly)