Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षमा केशव भट्टराई नियुक्त

फिल्मीखबर, काठमाण्डौ, 2019/03/21
 
पुराना अभिनेता तथा निर्माता केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । डेढ वर्ष कार्यकाल बाँकी रहँदै निकिता पौडेलले राजिनामा दिएपछि बोर्ड अध्यक्षविहीन भएको थियो । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो । 
 
निकिताले राजिनामा दिएपछि सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो । भट्टराईसँगै अध्यक्ष पदका लागि सुचित्रा श्रेष्ठ, नरेश कुमार केसी, योगेश घिमिरेलगायतले दर्खास्त दिएका थिए । 
 
२ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त भएका भट्टराई नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष एवं जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष समेत हुन् । उनी निर्मित नयाँ फिल्म 'यात्रा' यही चैत २९ मा रिलिज हुँदैछ । 
 
सयको आसपासमा फिल्ममा अभिनय गरिसकेका उनले 'आफ्नो मान्छे', 'कर्मयोद्धा', 'सो सिम्पल', 'ब्रासलेट' फिल्म पनि निर्माण गरिसकेका छन् । बोर्ड अध्यक्षमा नियुक्त भएसँगै बक्स अफिस कार्यान्वयन गर्नु नै अब उनको मुख्य चुनौती रहेको छ । 
Most Visited News (monthly)