Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको ‘इन्शाअल्लाह’ मा छैनन् शाहरुख

एजेन्सी, मुम्बई, 2019/03/20
 
मंगलवार अभिनेता सलमान खानले भेट्रान निर्देशक सञ्जय लीला भन्सालीसँग फिल्म गर्ने कन्फर्म गरेका छन् । २० वर्षपछि दुईको म्याजिकल जोडी देखिँदैछ । ‘इन्शाअल्लाह’ टाइटलमा बन्न लागेको फिल्ममा सलमानको जोडी अभिनेत्री आलिया भट्टसँग बाँधिएको छ । फिल्मको स्टारकास्टलाई लिएर केही दिनदेखि लगातार एकपछि अर्को खबर बाहिरिएको थियो । 
 
फिल्ममा सलमान र शाहरुख खान साथमा देखिने चर्चा पनि थियो । तर, यो फिल्ममा शाहरुख भने छैन । डिएनए रिपोर्टका अनुसार, सञ्जयसँग अहिले तीन स्क्रिप्ट छ, जसमध्ये ‘इन्शाअल्लाह’ एक हो । दोस्रो स्क्रिप्टमा सन् १९९९ मा आएको फिल्म 'हम दिल दे चुके सनम' को प्लट छ । यस्तै, तेस्रो दुई हिरोको लिड रोल रहने पिरियड ड्रामा फिल्म हुनेछ । 
 
भारतीय मिडियाका अनुसार, भन्सालीको शाहरुख र सलमानबीच तेस्रो स्क्रिप्टका लागि कुराकानी भएको हो । तर, अहिले निर्देशक भन्सालीको पूरै ध्यान पहिलो फिल्ममाथि छ । यसकारण किंग खान र दबंग खानबीच टिमअप हुन अझै समय लाग्नेछ । तर, भन्सालीको तेस्रो स्क्रिप्टमा दुईले काम गर्ने भने लगभग फाइनल भएको बताइएको छ । 
 
मंगलवार सलमानले ट्विट गर्दै भन्सालीसँग २० वर्षपछि काम गर्ने औपचारिक जानकारी दिएका थिए । यस्तै, आलियाले पनि चर्चित निर्देशकसँग काम गर्नका लागि उत्साहित रहेको बताएकी थिइन् । आलिया-सलमानको पेयरिङ हेर्न दर्शक कम एक्साइटेड छैनन् । अब यो हेर्न बाँकी छ कि, भन्सालीको ड्रिम प्रोजेक्टमा दुईको जोडीले कस्तो जादू छर्नेछ ?
Most Visited News (monthly)