Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

पोखरामा मनाए प्रदीप र जसिताले होली

फिल्मीखबर, काठमाण्डौ, 2019/03/20
बुधबार उपत्यकासहित पहाडी क्षेत्रमा हर्षउल्लासका साथ होली पर्व मनाइँदैछ । यही चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ टिमले पनि पोखरा पुगेर होली मनाएको छ । युवास्टार प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले एकअर्कालाई रंग र अविर दलेर होली पर्वको शुभकामना आदानप्रदान गरे । फिल्मका निर्माता गोविन्द शाहीले पनि आफ्ना नायक-नायिकालाई रंग दलेर होली मनाए । 
 
 
 
मंगलबार पोखरा पुगेको ‘लभ स्टेशन’ टिम बुधबार दिउँसो पोखरा लेकसाइडमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी हुँदैछ । बुधबार बिहानै तालबहारी मन्दिर दर्शन गरेका प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने विश्वास राखे । ‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ’, प्रदीपले भने । 
 
नायिका जसिताका लागि भने यस वर्षको होली विषेश छ । किनकि, उनी १३ वर्षपछि आफ्नो जन्मथलो पोखरामा होली मनाउँदैछिन् । ‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, आज होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’, जसिताले भनिन् । यस्तै, निर्माता शाहीले पोखरा माया गर्नेहरुको स्टेशन भएका कारण पोखरेली दर्शकलाई 'लभ स्टेशन' मनपर्ने बताए । 
 
 
 
उज्जवल घिमिरे निर्देशित यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्लेलगायतको अभिनय छ । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन छ ।
Most Visited News (monthly)