Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मलिकासँग रंगमा रंगिए सलिन (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/03/19
बिहीवार राजधानी काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक होली पर्व मनाइँदैछ । बसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकअर्कामा रंग दलेर मनाउने गरिन्छ । फिल्म 'यात्रा' टिमले पनि एकआपसमा रंग दलेर होलीको शुभकामना आदानप्रदान गरेको छ । 
 
 
 
 
फिल्मका कलाकार, निर्देशक, निर्माताले एकअर्कालाई रंग र अविर लगाएर मंगलवार होली मनाए । बिहीवार भने फिल्म यूनिट प्रचारको शिलशिलामा भक्तपुरमा हुने एक होली विषेश कार्यक्रममा सहभागी हुन पुग्दैछ । अभिनेता सलिनमान बनियाँ, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटाले एकअर्कालाई होलीको रंग लगाए । 
 
निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द्व निर्देशक हिमाल केसीलगायतले पनि एकअर्कालाई रंग दलेर खुसी साटासाट गरे । बिहीवार भने गैरीधाराको रोयल एम्पायर होटेल, सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रममा सहभागी हुने निर्देशक शाक्यले बताए । 
 
 
 
 
सलिन यसपटकको होलीलाई लिएर निकै उत्साहित छन् । ‘होली मलाई एकदम मनपर्ने पर्व हो तर प्रायः आफ्नै सर्कलमा मात्र मनाउने गरेको छु’, उनले भने- ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउदैछु, विभिन्न स्थानमा पुग्दैछु ।’ उनले पहिलो पटक यसकिसिमको अनुभव होलीलाई लिएर संगाल्न लागेका हुन् । उनी अभिनीत फिल्म 'यात्रा' यही चैत २९ मा यो फिल्म रिलिज हुँदैछ । 
Most Visited News (monthly)