यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘लभ स्टेशन’ को दोस्रो गीत युट्युब रिलिज भएको छ । ‘घाम जून’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले सोमवार अर्को रोमान्टिक गीत ‘मेरो आँगनीमा’ सार्वजनिक गरेको हो । सुरेश लामाको स्वर रहेको गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् ।
.jpg)
फिल्मका निर्देशक उज्जवल घिमिरेको शब्द रचना रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतको एरेञ्ज रिकेश गुरुङले गरेका हुन् । गीतको भिडियोमा अभिनेता प्रदीप रिसाएकी जसितालाई गीत गाएर फकाउँदै देखिएका छन् । यसअघि यो जोडीले गत वर्ष प्रदर्शनमा आएको फिल्म 'लिलिबिली' मा सँगै काम गरेका थिए ।
ट्रेलरका कारण दर्शकमाझ झनै प्रतिक्षीत बनेको फिल्म ‘लभ स्टेशन’ मा प्रदीप गायकको भूमिकामा छन् । फिल्मका निर्माता गोविन्द शाही हुन् । प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।
यसलाई निर्देशक घिमिरेले सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म बताएका छन् । यसलाई आलोक शुक्लाले खिचेका हुन् । यसमा दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको पनि संगीत छ । सुवास सिंह बस्नेतको कथा रहेको फिल्ममा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन छ । यो फिल्म चैत २२ मा प्रदर्शनमा आउँदैछ ।
गीत हेर्नुहोस् :-

